किपट जग्गा समुदायलाई हस्तान्तरण

किपट जग्गा समुदायलाई हस्तान्तरण

काठमाडौं : एक सय १० वर्ष (विसं १९६४) देखि उपभोग गर्दै आएको किपट जंगल गणेश लिम्बूसहितको टोलीले समुदायलाई हस्तान्तरण गरेको छ। समुदायको अनुरोधपछि धनकुटा छथर जोरपाटी गाउँपालिका–१ हात्तीखर्कका लिम्बू परिवारले उपभोग गर्दै आएको किपट जंगल राम्चे सामुदायिक वनलाई हस्तान्तरण गरिएको हो।

डेढ सय वर्षदेखि भोगचलन गर्दै आएको वन क्षेत्र पहिलोपटक समुदायमा हस्तान्तरण भएको हो। कित्ता नम्बर ३२३ को १४ रोपनी र ३२५ कोे १९ रोपनी गरी ३३ रोपनी क्षेत्र किपट वनका रूपमा उपभोग हुँदै आएको थियो। ‘वन अतिक्रमण बढेकाले वनको विकासमा सहयोग पुर्‍याउन सहयोग गरेका हौं,’ किपट उपभोक्ता डम्बर लिम्बूले भने।

पहिले जिमवाल, सुब्बालाई राज्य पक्षले जल, जंगल र जमिन उपभोग र संरक्षणको जिम्मा दिएदेखि आजसम्म किपट प्रथा अझ कायम छ। यो प्रथा राष्ट्रिय वन व्यवस्थापनको मुख्य चुनौतीका रूपमा छ। राज्य पक्षले किपट व्यवस्थापन गर्न नसक्दा हजारौं हेक्टर जंगल सीमित व्यक्तिले प्रयोग गर्दै आएका छन्। वन व्यवस्थापन गर्ने अनेकौं विधि अपनाए पनि किपट व्यवस्थापन हुन सकेको छैन।

लिम्बू जातिको बसोबास रहेको पूर्वका संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटालगायत जिल्लामा किपट प्रथा कायमै छ। पूर्वीनेपालमा हजारौं हेक्टरभन्दा बढी जंगल व्यक्तिले उपभोग गर्दै आएका छन्। सयौं वर्षदेखि संरक्षण र उपभोग गर्दै आएको दाबी गर्ने किपटवालाले धनीपुर्जा पाउनुपर्ने माग गर्दै आएका छन्। यता, सरकार भने समुदायलाई हस्तान्तरण गरेर वन व्यवस्थापन गर्ने पक्षमा लागिपर्दै आएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष गणेश कार्कीले किपट दाबी गर्ने उपभोक्ताले सामुदायिक वनमा हस्तान्तरण गर्नु नेपालकै पहिलो उदाहरण भएको भन्दै स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.