विश्वप्रकाश भन्छन्ः अस्पताल पुगेको कांग्रेस सानोतिनो उपचारले निको हुँदैन

विश्वप्रकाश भन्छन्ः अस्पताल पुगेको कांग्रेस सानोतिनो उपचारले निको हुँदैन

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नराम्ररी पराजित भएपछि नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले कांग्रेसलाई पुनर्जीवित गर्न मेची–महाकाली अभियान थालेका छन् । कांग्रेसलाई पुनर्जागरण गर्नका लागि उनी अहिले देशदौहाडमा रहेका छन् । झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार राम कार्कीसँग आफू पनि पराजित भए लगत्तै शर्माले अब कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउनको विकल्प नरहेको निचोडसहित मेची–काली अभियान थाल्ने बताएका थिए । त्यही अभियानका क्रममा रहेका शर्मासँग अन्नपूर्ण पोस्ट् डटकमका लागि सुरेन्द्र काफ्लेले गरेको टेलिफोन सम्वाद:

तपाईँले थाल्नुभएको मेची–महाकाली अभियानको उद्देश्य के हो ?

सबैलाई थाहा छ , हालै सम्पन्न निर्वाचन परिणामपछि देशभरका कांग्रेस कार्यकर्ताको मनोबल घटेको छ । कार्यकर्तामा निराशा पनि उत्तिकै छाएको छ । यस अवस्थाका कांग्रेस कार्यकर्ताको आत्मबल बढाउन र पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन मेची–महाकाली अभियान थालेका हौँ । जिल्लास्तरमा भेटघाट र छलफल चलाउन यो अभियान सुरु गरेका छौँ । देशभर पुगेर कांग्रेसलाई नयाँ स्वरुप दिने विषयमा छलफल चलाउने यो अभियानको मुख्य उद्देश्य हो ।

निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएको छ । यसबारे तपाईँ के भन्नुहुन्छ ?

धेरैले कांग्रेसको हारलाई अप्रत्यासित र स्वभाविक भनेका छन् । मेरो विचारमा यो परिणाम कांग्रेसका लागि स्वभाविक हो । एकाएक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुख आएर स्थानिय निर्वाचनमा पहिलो एमाले र तेस्रो शक्ति माओवादीको गठबन्धन भयो । ‘म्याथ म्याटिकल्ली’ नै हामी कमजोर भयौँ र हाम्रो नतिजा कमजोर भयो । कांग्रेस पराजित हुनुको पछाडि आन्तरिक र बाह्य दुवै करण छन् ।

कांग्रेस हार्नुका कारणबारे पनि बताइदिनुस् न ।

हाम्रो पराजयको पहिलो कारण त आन्तरिक नै हो । शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्‍याउने काम कांग्रेसले गर्‍यो, नयाँ संविधान निर्माण हाम्रै नेतृत्वमा भयो । मधेस मुद्दाको समाधानमा कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो । तर हामीले गरेका काम नागरिकस्तरमा पुर्‍याउनै सकेनौं । देशका यति ठुला–ठुला परिवर्तन कांग्रेसकै नेतृत्वमा भयो । कांग्रेस सरकारमा रहँदा मुलुकमा धेरै विकास निर्माणमा काम पनि भए । तर हामीले गरेका राम्रा कुरा ‘क्यास’ गर्नै सकेनौं । हाम्रो नेतृत्वमा सरकार भएका बेला भएका नराकात्मक कामको मात्रै धेरै प्रचारबाजी भयो । त्यसलाई पनि हामीले रोक्न सकेनौं, यो हाम्रो आन्तरिक कमजोरी हो ।

यति मात्र हुन् त कांग्रेस हार्नुका कारण ?

आन्तरिकसँगै बाह्य कारण पनि छन् । मैले भनिसकेँ निर्वाचनको मुख अस्वभाविकरुपमा एमाले र माओवादीको गठबन्धन भयो । पहिलो दल र तेस्रो दल मिल्दा हामी गणितीय रुपमै कमजोर भयौं । अर्को कुरा निर्वाचनमा एमाले र माओवादीको अन्तर्विरोध चिर्न सकेनौं । एमालेको जनताको बहुदलीय जनवाद र माओवादीले बोकेको भिन्न विचार कसरी एक हुन सक्छ ? भनेर हामीले खेल्न पनि सकेनौं ।

संविधान संशोधन गर्नुहुँदैन भन्ने एमाले र संविधान संशोधन गर्नुपर्छ भन्ने माओवादीबीचको भिन्नभिन्न धारणाले मुलुकलाई कहाँ पुर्‍याउछ त त्यो पनि जनता माझ पुर्‍याउनमा नसक्नु हाम्रो कमजोरी हो । संगठनात्मक स्वरुपमा पनि कांग्रेस कमजोर रह्यो ।

कमजोरी चाँहि कसको हो त ? कांग्रेस पराजित हुनुमा को–को दोषी छन् ?

अहिले यो या त्यो दोषी भनेर आरोप प्रत्यारोप गर्ने बेला होइन । कांग्रेस अहिले अस्पताल भर्ना भएको विरामी जस्तो भएको छ । डाक्टरहरु चौरमा जम्मा भएर एउटाले यो औषधि दिनुपर्छ, अर्कोले त्यो होइन यो औषधिले ठीक पार्छ भन्ने बेला होइन यो । राम्रोसँग उपचार गर्न पहिले रोग पत्ता लगाउनु जरुरी छ । अहिले कांग्रेसको रोगको जड पत्ता लगाएर उचित उपचार गर्नु जरुरी छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललेदेखि मसम्म सबै दोषी छौं । कमजोरी हामी सबैबाट भएको छ । धेरथोर मात्र होला, अहिलेको अवस्थामा कांग्रेस पुग्नमा केन्द्रदेखि गाउँसम्मकै कांग्रेसका नेता कार्यकर्ता दोषी छौं । एकअर्कालाई आरोप लगाएर कोही भाग्न सक्ने अवस्थामा छैनौँ ।

कांग्रेसमा पराजयपछि अन्तर्घातका कुरा धेरै उठ्ने गर्छ नि ?

कांग्रेसको कमजारी नै यही हो । हारेपछि अन्तर्घातको नाममा आरोप प्रत्यारोप गर्ने । यही कमजोरीलाई सुधार्न हामी लागेका छौँ । मेची–महाकाली अभियानको एउटा उद्देश्य यो पनि हो । मैले भनिसकेँ, कसैले अरुलाई आरोप लगाएर आफू पन्छिन सक्ने अवस्थामा हामी छैनौँ । हामी सबै दोषी छौं । हातारिएर दोषादोष नगरी सबै कांग्रेसी कार्यकर्ता संयम हुन आवश्यक छ ।

अहिले यो या त्यो दोषी भनेर आरोप प्रत्यारोप गर्ने बेला होइन । कांग्रेस अहिले अस्पताल भर्ना भएको विरामी जस्तो भएको छ । डाक्टरहरु चौरमा जम्मा भएर एउटाले यो औषधि दिनुपर्छ, अर्कोले त्यो होइन यो औषधिले ठीक पार्छ भन्ने बेला होइन यो । राम्रोसँग उपचार गर्न पहिले रोग पत्ता लगाउनु जरुरी छ । अहिले कांग्रेसको रोगको जड पत्ता लगाएर उचित उपचार गर्नु जरुरी छ ।

कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी छ त ?

मेरो विचारमा अहिले नेतृत्वमा परिवर्तनको कुरा गर्नुभन्दा समिक्षा गर्नु जरुरी छ । समानुपातिकको समेत नतिजा आएपछि केन्द्रीय कमिटी बैठक बस्छ, त्यहाँ गम्भीर समिक्षा हुनुपर्छ । अनुधानिक पार्टी निर्माणमा सबै गम्भीर हुन जुरुरी छ ।

विशेष अधिवेशन गुर्नपर्ने माग समेत उठिरहेको छ नि ?

मैले भनिसकें, केन्द्रीय समितिको बैठक बोलाएर गम्भीर छलफल हुन जुरुरी छ । अहिले एउटाले अर्कोलाई आरोप लगाउने बेला होइन यो । सबै कुराको गम्भीर समिक्षा हुन जुरुरी छ । हामी बद्लिने छौँ र कांग्रेसलाई बनाउँछौँ भन्ने अठोट प्रत्येक कांग्रेसी कार्यकर्ताले ल्याउन जरुरी छ ।

अब कांग्रेसको पोजिसन के हुन्छ ?

अब कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छ । राष्ट्रिय राजनीतिक जटिलतामा सरकारसँग सहकार्य गर्छ । लोकतान्त्रिक प्रक्रियामा अवरोध आउने अवस्थामा आएमा चट्टान भएर उभिने छ । विगतमा भएका कमीकमजोरी सुत्रबद्ध गरी आधुनिक कांग्रेस निर्माणमा जुट्नेछ । अन्तर–प्रेरणा र आत्मविश्वास स्थापित गरेर नयाँ र आधुनिक कांग्रेस बनाउन लाग्नु छ ।

के यो आधुनिक कांग्रेस बनाउने अवसर पनि हो ?

हो, अहिले हामी ऐतिहासिक मोडमा छौं । यो कांग्रेसको पुनर्जागरण गर्ने अवसर पनि हो । आधुनिक कांग्रेस निर्माणको मौका हो यो । अब हामी सबै यही अभियानमा लाग्ने छौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले किन प्रमबाट राजीनामा दिन ढिलाइए गर्नु भएको ?

निर्वाचनको अन्तिम परिणाम आइसक्दा पनि देउवाले सरकार छोडेनन् भने हामी नै विरोध गर्छौँ र सरकारबाट हट्न दबाब दिन्छौ ? अहिले निर्वाचनको पुरै परिणाम आएको छैन । समानुपातिकको परिणाम बाँकी नै छ । सरकारबाट हट्ने नहट्ने कुरामा देउवाको कुनै हात छैन । सबै परिणाम आएपछि राष्ट्रपतिले नै नयाँ सरकार गठनको लागि आह्वान गर्नुहुन्छ । म त सरकारको लागि हतार गर्ने साथीहरुलाई संविधान राम्रोसँग पढ्न आग्रह गर्छु । उहाँलाई सरकारबाट हट् भन्नु हतार हुन्छ । मलाई पनि लाग्दैन कि प्रधानमन्त्री देउवा सरकारमा टाँसिरहन चाहन्छन् ।

राष्ट्रिय सभा गठनको विषयमा तपाईँको धारण के छ ?

राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएको छ । कानुन बनाउने काम सरकारको हो । राष्ट्रपतिको टेबलमा अडकिएको अध्यादेशको छिनोफानो छिटो हुनुपर्छ । राष्ट्रिय सभा निर्माणको प्रक्रिया खोलिदिनुपर्छ । राष्ट्रिय सभाले पूर्णता नपाएसम्म संघीय सांसदमा महिलाको प्रतिनिधित्व कति हुने भन्ने निक्र्योल हुँदैन । संसदले पूर्णता नपाएसम्म सरकार बन्ने कुरा समेतमा ढिलाई हुन्छ । यसकारण राजनीतिक वा कानुनी जनुसुकै तरिकाले राष्ट्रिय सभा गठनको विवाद समाधान हुन जुरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.