पाकिस्तानमा प्रदर्शन, गिलगित बाल्टिस्तान ठप्प

पाकिस्तानमा प्रदर्शन, गिलगित बाल्टिस्तान ठप्प

इस्लामाबाद : पाकिस्तान प्रशासित कश्मीरको गिलगित बाल्टिस्तानमा सरकारद्वारा लगाइएको करको विरोधमा विशाल प्रदर्शन भएको छ।गिलगित बाल्टिस्तानका सडक ठप्प पारेर मानिसले नारावाजी गरेका छन् । अन्जीमन-ए-तजनर तथार आवामी एक्शन कमिटीको आह्वानपछि हजारौं जनता इस्लामाबादको विरोधमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले पाकिस्तान सरकारसँग आफ्नो क्षेत्रमा जबरजस्ती लगाइएको कर उठाउने निर्णय फिर्ता लिन माग गरेका छन् । स्थानीय व्यापारी र बासिन्दाले पाकिस्तान सरकारमाथि शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन् । ब्यापारीले पनि आफ्ना सटर बन्द गरेका छन् । बजार बन्द भएपछि स्थानीय अर्थतन्त्र प्रभावित भएको छ ।

गिलगित बाल्टिस्तानको विधानसभामा विपक्षी नेता नवाज खान नाजीले भने, ‘हाम्रा खाताबाट मासिक १० देखि १२ हजार रुपियाँ कर कटाइन्छ । यो कर कसले पाउँछ? सरकारलाई यसबारे सोध्न किन नपाउने ? ’ गिलगित बाल्टिस्तानका बासिन्दाले तिरेको करको यसको जवाफदेही कोही नभएकाले यो नियम अवैधानिक भएको दाबी गरे ।

गिलगित बाल्टिस्तानका ब्यापारीले पाकिस्तान सरकारले आफूहरूसँग बढी कर असुल्ने गरेको बताउँछन् । यो क्षेत्र आर्थिक दृष्टिले कमजोर रहेको र विपन्न क्षेत्रमा सरकारले अन्यत्र भन्दा सरकारले बढी कर उठाएर शोषण गरेको उनीहरू बताउँछन् ।

प्रदर्शनकारी आमना अन्सारीले भने, ‘विवादित हुँदाहुँदै पनि यहाँ कर असुल्ने काम भइरहेको छ । यो प्रदर्शन पूरै गिलगित बाल्टिस्तानमा भइरहेको छ ।’ आवामी एक्शन कमिटी र अन्जीमन-ए-तजनरले आह्वान गरेको प्रदर्शनमा गिलगित बाल्टिस्तानका सबै दल र व्यक्ति साथमा छन् ।

गिलगित बाल्टिस्तान जम्मु कश्मीरको भूभाग हो । सन् १९४७ देखि उक्त भूभाग पाकिस्तान अधीनस्थ छ । त्यहाँका बासिन्दाले पाकिस्तान सरकारले आफूहरूलाई उपेक्षा गरेको बताउँदै आएका छन् ।

यसैबीच पाकिस्तान सरकारले गिलगित बाल्टिस्तानका मुख्यमन्त्री तथा तेल ट्यांकरधनीसँग वार्ता गरेको छ । सरकारले उनीहरूलाई तेल आपूर्ति तत्काल गर्न आग्रह गरेको छ । आन्दोलनपछि गिलगित बाल्टिस्तान, आजाद जम्मु, कश्मीर र चित्रालमा सामान अभाव भएको छ । दश दिनभन्दा लामो समयदेखि चलेको आन्दोलनका कारण त्यहाँ पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

मुख्यमन्त्री हाफिज हाफिजुर रहमानले तेल आपूर्ति सुचारु गर्न आग्रह गरेका थिए । ‘कर फिर्ता नलिएसम्म तेल आपूर्ति गर्न सकिँदैन’, अल पाकिस्तान आयल ट्यांकरका महासचिव नौमान अलि बटले पनि तेल आपूर्ति गर्न नसकिने बताए । बटले बुधबार फेरि वार्ता गरिने जानकारी दिए । मुख्यमन्त्री रहमानले वार्ताभन्दा अगाडि दुई दिन मात्रै भए पनि तेल आपूर्ति गर्न गरेको आग्रह व्यवसायीले अस्वीकार गरेका छन् । उनले पाकिस्तानका प्रधानमन्त्रीलाई पत्र लेखेर कर विवाद मिलाउने आग्रह गर्ने जानकारी दिएका छन् । यस क्षेत्रमा दैनिक ६० हजार पेट्रोलियम पदार्थ खपत हुने गरेको छ । महासचिव बटले सरकारले कर फिर्ता नगर्दासम्म तेल आपूर्ति नगरिने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.