प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक
काठमाडौं : समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशसभामा चुनिने सांसदको नाम टुंगो लगाउन राजपा नेपाल अध्यक्ष मण्डलको बैठक मंगलबार बस्दैछ। दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल बस्ने बैठकमा निर्वाचन आयोगमा बुझाउने अन्तिम नामावली तय गर्ने एजेन्डा रहेको राजपा महासचिव केशव झाले अन्नपूर्णलाई जानकारी दिए।
सोमबार दिउँसो १ बजे तय बैठक अध्यक्ष मण्डलका नेताहरू महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेकाले मंगलबार सारिएको थियो।
निर्वाचन आयोगले पुस १५ गतेभित्र समानुपातिकबाट प्रदेशससभामा सदस्य बन्ने उम्मेदवारहरूको नामावली पेस गर्न दलहरूलाई पत्राचार गरेको छ। राजपा नेपालले प्रदेश नम्बर २ मा १०, प्रदेश ५ र ७ मा १/१ सिट प्राप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !
८