संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

चितवन : प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर भएको बताएका छन्। मंगलबार चितवनको सौराहमा १४ औ चितवन हात्ती महोत्सवको उद्घानपछि बोल्दै देउवाले भने, ‘सरकार संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर छ।’

प्रधानमन्त्री देउवाले कांग्रेस सत्तामा नभए पनि देशको विकासका लागि प्रतिबद्ध रहने बताएका छन्। ‘सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरेर तीन चरणका चुनाव सफलतापूर्ण सम्पन्न गरेको छ, यसले नेपालमा रहेको लामो समयदेखिको संक्रमणलाई अन्त्य गरेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस सत्तामा रहे पनि नरहे पनि नेपाल र नेपालीको विकासका लागि निरन्तर प्रतिबद्ध छ।’

कांग्रेस सभापति समेत रहेका देउवाले नेपालको राजनीतिक इतिहासमा हरेक संकमणको अन्त्य गर्न कांग्रेस नेतृत्वको सरकार सफल भएको समेत दाबी गरे। ‘इतिहास हेरे हुन्छ, कांग्रेसले नेतृत्व गरेका सरकारले एतिहासिक संक्रमणको अन्त्य सफलतापूर्ण ढंगले गरेका छन्।’

तीन चरणको चुनाव सम्पन्न भएसँगै देश विकासको ढोका खुलेको देउवाको भनाइ छ। उनले चितवन र सौराहा पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले यी क्षेत्रको सुधार र विकासमा सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.