बर्दियाबासीको मागः प्रदेश राजधानी नेपालगञ्ज

बर्दियाबासीको मागः प्रदेश राजधानी नेपालगञ्ज

बर्दिया : प्रदेश ५ को राजधानी बाँके जिल्लाको नेपालगञ्ज हुनुपर्ने बर्दियाका स्थानियहरुले माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै स्थानीयहरुले मध्यपश्चिम तराईको पुरानो व्यापारीक केन्द्र नेपालगञ्जलाई प्रदेश राजधानी वनाउनु पर्ने माग गरेका हुन्।

प्रदेश नम्वर ५ को राजधानीका लागि मुख्य तथा पुरानो व्यापारीक केन्द्र बाँके जिल्लाको नेपालगञ्ज सवैभन्दा उपयुक्त रहेकोले त्यसैलाई ५ नम्वर प्रदेशको राजधानी तोक्न स्थानियले माग गरेका छन्। ५ नम्वर प्रदेश अन्र्तगत रहेको बर्दिया जिल्लाको भौगोलिक अवस्थिती, प्राकृतिक श्रोत, साधनको सहज पहुँच जनताको मनोभावना सवै ६ नम्वर प्रदेशको सुर्खेतसँग जोडीएको राजधानी मागको अगुवाई गरेका स्थानिय विद्याप्रसाद खनालले वताए।

उनले भने हामीले ५ नम्वर प्रदेशको राजधानी नेपालगञ्ज हुने र यसक्षेत्रको विकास तथा पिछडीएका थारु लगायतका जातजातीको राजधानीसँगको सहज पहुँच हुने कुरामा विस्वस्थ थियौं तर त्यसो भएन। यदि नेपालगञ्जलाई प्रदेश नम्वर ५ को राजधानी नतोकिए बर्दिया जिल्लालाई ६ नम्वर प्रदेशमा समाविष्ट गर्नुपर्ने उनले वताए।

प्रदेशकै पुछारमा रहेको बर्दिया जिल्ला उपेक्षामा पर्ने भएकाले पनि नेपालगञ्ज वा सुर्खेत राजधानी पायक पर्ने उनको भनाई थियो। हामीले शान्तिपूर्ण तरिकाले ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गर्दै राजधानी माग गरेका छौं यदि हाम्रो माग अन्यथा भए बर्दिया जिल्लालाई ६ नम्वर प्रदेशमा समाविष्ट गर्न ठूलै आन्दोलन गर्छौ।

प्रदेश नम्वर ५ को राजधानी नेपालगञ्ज वनाईनु पर्ने भन्दै दुई दर्जन भन्दा वढीले हस्ताक्षर गरी जिल्ला प्रसासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र वुझाएका हुन्। स्थानियले वुझाएको ज्ञापन पत्र तत्काल सम्वन्धित निकायमा पठाईने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.