एक हुँदै वैद्य-विप्लव

एक हुँदै वैद्य-विप्लव

काठमाडौं : एमाले-माओवादीबीच एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने गरी छलफल चलिरहँदा यो प्रक्रियाबाट अलग रहेका साना दुई कम्युनिस्ट पार्टीले अलग्गै पार्टी धुव्रीकरण र एकताको बहस चलाएका छन् । नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई स्वीकार गर्ने, माओवाद मान्ने शक्तिबीच क्रान्तिकारी धुव्रीकरण र पार्टी एकता गर्ने निष्कर्षमा ती दुई साना पार्टी पुगेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच पार्टी एकता र धुव्रीकरणका लागि छलफल सुरु भएको हो । चितवनमा यी दुवै पार्टीका शीर्ष नेताको बैठक बसेर एकताका लागि पहल गर्ने निर्णयसमेत गरेका छन् । यी दुवै पार्टी माओवादी केन्द्रबाट विभाजन भएका हुन् ।

दोस्रो संविधानसभा बहिष्कार गरेका यी दुई पार्टीमध्ये वैद्यको पार्टीले भने गत स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ‘उपयोग’ को नीतिअन्तर्गत प्रयोग गरेको थियो । तर, चन्दको पार्टी नेकपाले भने चुनावलाई सशक्त बहिष्कारको नीति अवलम्बन गरेको थियो । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब दुई पार्टीबीच एकता र धुव्रीकरणको पहल गर्ने निर्णय भएको बैठकपछि वैद्य र चन्दले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चुनावी अवस्थासम्म देशमा राजनीतिक धुव्रीकरण बढेका कारण आफूहरूले पनि धुव्रीकरणको आवश्यकता महसुस गरेको नेताहरूले बताएका छन् ।

माओवादी केन्द्र एमालेमा पतन भएको, कांग्रेसले दलाल पुँजीवादी तथा पश्चगामी पार्टीलाई गोलबन्द गर्ने अभियानमा लागेको जनाउँदै उनीहरूले राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्न क्रान्तिकारी कम्युनिस्टबीच वैचारिक, राजनीतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरणको पहलकदमी लिनुपरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.