ईपीएल क्रिकेट : ललितपुर र पोखरा इलिमिनेटरमा

ईपीएल क्रिकेट : ललितपुर र पोखरा इलिमिनेटरमा

काठमाडौं : ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स र शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजबीच ईपीएल क्रिकेटको इलिमिनेटरमा प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पोखरामाथि ६ विकेटको जित हात पार्दै ललितपुरले इलिमिनेटरमा स्थान बनाएको हो । पराजयका बीच पाँच खेलबाट चार अंक बटुलेको पोखराले पनि अंककै आधारमा अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो । इलिमिनेटर खेल बुधबार नै हुनेछ ।

इलिमिनेटरको विजयी टोलीले भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्सबीचको पराजित टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरमा विजयी टोलीले भने उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ललितपुरले पोखरालाई अन्तिम बलमा पराजित गरेसँगै काठमाडौं किङ्स इलाभेनको प्ले अफ खेल्ने झिनो गणितीय सम्भावना समाप्त भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको पोखराले प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाको उत्कृष्ट ब्याटिङमा २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३२ रन बनायो । ललितपुरले अन्तिम बलमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ललितपुरलाई जितका लागि अन्तिम एक बलमा एक रन आवश्यक रहँदा कप्तान ज्ञानेन्द्रले चौका प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे । टोलीको जितमा ज्ञानेन्द्रले १७ बलमा अविजित २७ रनको योगदान गरे ।

सुरुआती ब्याट्सम्यान जयकिसन कोल्सावालाले पनि ४५ बलमा ५६ रनको योगदान गरे । ज्ञानेन्द्रले एक छक्का र एक चौका प्रहार गरे । कोल्सावालाले तीन छक्का र चार चौका हिर्काए । अर्का ओपनर ब्याट्सम्यान शंकर रानाले पनि ३५ रन जोडे । त्यसअघि पोखराका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिलले ६२ बलमा अविजित ७० रन बनाएका थिए । उनले पाँच छक्का र दुई चौका प्रहार गरेका थिए । राजेश पुलामी मगरले ३२ र विनोद भण्डारीले १२ रन बनाए । अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन्।

ललितपुरका बलर रसिद खान, दीपेश भण्डारी, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । पोखराका लागि पाकिस्तानी खेलाडी इस्राउल्लाहले दुई विकेट लिए भने कप्तान शक्ति र सुसन भारीले एक÷एक विकेट हात पारे । पोखराका कप्तान शक्तिले राम्रो प्रदर्शन गरे पनि पराजित हुनु परेको प्रतिक्रिया दिए । ‘आजको खेलमा राम्रो प्रदर्शन गरेका हौं । एक सय ३२ रनको योगफल हामीले रक्षा गर्न सक्नुपर्ने हो’, शक्तिले भने, ‘यद्यपि विपक्षीले पनि राम्रो प्रदर्शन गरे । भोलि फेरि यही टोलीसँग खेल्दैछौं । जितको अवसर फेरि पनि हुनेछ ।’

इलिमिनेटरमा पुग्दा खुसी छु

ज्ञानेन्द्र मल्ल, कप्तान, ललितपुर प्याट्रियट्स

आजको खेलमा हामीले राम्रोसँग लक्ष्य पछ्यायौं । जितका लागि सबै खेलाडीले निकै मेहनत गरे । अघिल्ला केही खेलमा जितको निकै नजिक पुगेर पनि हामीले नतिजा गुमाउनु परेको थियो । त्यसैले पनि यो सफलताबाट निकै खुसी लागेको छ । अझै प्रतिस्पर्धा बाँकी छ । अझ मुस्किल प्रतिस्पर्धा हुनेछन् । त्यसमा पनि जित हात पारेर उपाधिका लागि अघि बढ्ने प्रयासमा रहनेछौं ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.