बम्बोजकलीसँग केही लागेन चञ्चलकलीको

बम्बोजकलीसँग केही लागेन चञ्चलकलीको

 

सौराहा : बम्बोजकलीले चितवनमा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सवअन्तर्गत हात्ती दौडको उपाधि जितेको छ । ऐरा होटलको तर्फबाट सहभागी बम्बोजकलीले निर्धारित दूरी ३५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेको हो । फाइनलमा बम्बोजकलीले सस्तो फर्निचरबाट प्रतिनिधित्व गरेको चञ्चलकलीलाई केही सेकेन्डले मात्र पछि पारेको थियो । पाँच हात्ती सहभागी उक्त स्पर्धामा बुद्ध एअरको एकताकली तेस्रो भयो ।

१४औं हात्ती महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । हात्ती महोत्सवअन्र्तगत बुधबार हात्तीको मैत्रीपूर्ण फुटबल हुनेछ । मंगलबार नै मैत्रीपूर्ण हात्तीपोलो खेलाइएको थियो । हात्तीको फुटबलमा चारवटा समूह सहभागी छन्— प्रभु बैंक, कुमारी बैंक, सीजी फुड्स र मेगा बैंक । यस्तै दर्शकको रोजाइमा परेको हात्तीपोलोमा ६ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।

पोलोमा नाटा, म्याक्स प्लाई, एभेरेस्ट ग्रुप, आईएमई इन्सुरेन्स, एनआईसी एसिया बैंक, मेगा बैंक प्रतिस्पर्धामा छन् । हात्तीको वनभोज र हात्ती सुन्दरी, हात्ती रंगाउने प्रतियोगिता महोत्सवको आकर्षण रहेको महोत्सवका संयोजक दीपक भट्टराईले बताए । महोत्सव पाँच दिनसम्म चल्नेछ । पर्यटकीय आकर्षणका लागि हरेक वर्ष सौराहामा हात्ती महोत्सव हँुदै आएको छ ।

यसपटकबाट महोत्सवलाई हात्तीमैत्री बनाइएको आयोजकले जनाएको छ । गत वर्षसम्म हुँदै आएको डुंगा, टाँगा, गाडा दौड स्थगित गरिएको छ । महोत्सवमा करिब एक सय हात्ती प्रयोग हुनेछन् । वन्यजन्तु संरक्षणसहित मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त गर्न महोत्सव सफल भएको क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.