राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता : देशभरीका ‘एथलिक' बाँकेमा

राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता : देशभरीका ‘एथलिक' बाँकेमा

नेपालगन्जः देशभरीबाट एथेलेटिक्स खेलका खेलाडीहरु बाँकेमा जम्मा भएका छन्। बुधबारदेखि सुरु हुने दोस्रो राष्ट्रिय जुनियर एथेलेटिक्स प्रतियोगितामा सहभागी हुनका लागि देशभरीका १९ वर्षमुनिका विभिन्न विधाका खेलाडीहरु नेपालगन्जमा आइपुगेका हुन्।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी हुन लागेको प्रतियोगितामा साविकका पाँचवटै विकास क्षेत्रका खेलाडीहरु सहभागी भएको आयोजक नेपाल एथेलेटिक्स संघ केन्द्रीय कार्यसमितिले जनाएको छ। बाँकेको खचुजार गाउँपालिका २ सितापुरको शुक्र माविमा बुधबारदेखि शुक्रबारसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको मुल समारोह समितिका संयोजक तथा खजुरा गाउँपालिकाका अध्यक्ष टंकसिंह ठकुरीले जानकारी दिए। उनका अनुसार पहिलो पटक स्थानीय तहले नै खेल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि आफैले जिम्मेवारी लिएर राष्ट्रिय प्रतियोगिता गर्न लागिएको हो।

मंगलबार प्रतियोगिताको तयारी विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष राजिव बिक्रम शाहले प्रतियोगिताबाट खेलाडीहरुको मनोबल उच्च रहने र खेलक्षेत्रमा निरन्तरता दिन प्रेरित गर्ने बताए। उनले खेलाडी पहिचानकै लागि सँधै सहरी क्षेत्रमा मात्रै हुने प्रतियोगितालाई यसपटक ग्रामीण क्षेत्रमा गरिएको उल्लेख गरे। ‘सँधै ठूला प्रतियोगिताहरु शहरमा नै हुने गर्थे, जसका कारण खेलाडीहरुलाई हौसला दिने दर्शक समेत भेटाउन मुस्किल हुन्थ्यो' उनले भने, ‘तर एथलेटिक्सका खेलाडीहरु सबै ग्रामीण क्षेत्रबाट नै आएका छन्, त्यसैले उनीहरुको मनोबललाई बलियो बनाउन पनि प्रतियोगितालाई खेलाडी उत्पादन हुने केन्द्रतिर नै केन्द्रीत गराएका हौं।'

नेपालगन्ज उपमहानगरपालिका केन्द्रबाट आठ किलोमिटर टाढा रहेको गाउँमा हुने प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीहरुको योग्यता सिद्ध हुने विश्वास गरिएको छ। उनले नेपालमा एथलेटिक्सको ट्रयाक अभावकै कारण पटक-पटक राष्ट्रिय प्रतियोगिताहरु हुने नसकेको बताए। ‘हामीकहाँ आयोजना हुने भौतिक पूर्वाधारहरु नै छैनन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गराउन निश्चित मापदण्ड अनुसारको पूर्वाधार आवश्यक हुन्छ' उनले भने, ‘केन्द्रीय कमिटी केही समय सक्रिय हुन नसक्दा निकै लामो समयपछि मात्रै राष्ट्रिय स्तरको प्रतियोगिता हुन पाएको छ, यसलाई हामीले मध्यपश्चिमबाट राष्ट्रिस्तरमा नाम उच्च बनाउन खेलाडी खोज्ने अवसरका रुपमा लिएका छौं।'

यस्तै, प्रतियोगिताको समन्वय गरिरहेका मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेलाडीहरुलाई आफ्नो योग्यता प्रदर्शन र खेल क्षेत्रमा भविष्य खोजी गरिरहेकाहरुलाई राम्रो अवसर भएको बताए। उनले यो प्रतियोगिताबाट नै ग्रामीण क्षेत्रमा पनि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता गराउन सकिन्छ भन्ने सन्देश दिने दाबी गरे।

‘हामीले यसलाई सफल पारेर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न पनि ग्रामीण क्षेत्र सक्षम छ भन्ने सन्देश दिन खोजेका छौं' उनले भने, ‘व्यस्त शहरमा खेल हेर्ने मानिस समेत हुँदैनन्, यहाँ खेलाडीको प्रदर्शन हेर्न दर्शक पनि हुन्छन्। यसले खेलक्षेत्रमा रुचि भएकालाई थप उत्साहित बनाउने छ।' प्रतियोगिताको भौतिक पूर्वाधारको व्यवस्थापन गाउँपालिकाले गरेका छ भने, आठलाख ५० हजार एथेलेटिक्स केन्द्रीय कार्यसमितिले सहयोग गरेको छ।

विभिन्न ११ वटा विधामा हुने प्रतियोगिताको लागि प्रत्येक विकास क्षेत्रबाट १६ जना खेलाडी र दुई जना प्रशिक्षकसहित जम्मा ९० जनाको सहभागिता रहेको छ। जसमा छात्र÷छात्रा ४०÷४० जना रहेका छन्। प्रतियोगितामा दौडहरु एकसय मिटर, दुईसय, चारसय, आठसय, एकहजार पाँचसय र पाँच हजार मिटर दौड हुने छ। साथै चारसय मिटर सिंगल रिले दौड, लम्जम्प, त्रिपलजम्प, हाइनजम्प, सटफुट र ज्याब्लिङ्ग थ्रो पुरुष महिला प्रतियोगिता हुने छ। खेलमा विजेता खेलाडीहरुलाई प्रमाणपत्र र ट्रफी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.