सुरेन्द्र पाण्डे भन्छन्ः एकल संक्रमणीयमा अल्झिरहनु जरुरी छैन

सुरेन्द्र पाण्डे भन्छन्ः एकल संक्रमणीयमा अल्झिरहनु जरुरी छैन

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि प्रत्यक्षतर्फको परिणाम आइसकेको छ । प्रदेश सभातर्फको पार्टीहरुले पाउने. सिट सख्याको बाँडफाट समेत निर्वाचन आयोग गरिसकेको छ । सरकारले अनुमोदनका लागि पठाएको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिको कार्यालयमा थन्किरहेको छ ।

उता सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख समेत तोक्न सकेको छैन । निर्वाचनमा नराम्रोसँग पराजित भएपनि नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा समेत दिएका छैनन् । वाम गठबन्धनले देउवालाई राजीनामा दिन दबाब दिइरहेका छन् । वाम एकतामा समेत उल्झन देखिन थालेका छन् । वाम एकताका लागि बनेको एकता संयोजन समितिको बैठक समेत निर्वाचनपछि बस्न सकेको छैन । वाम एकता र सरकार गठनमा ढिलाई लगायतका विषयमा एमाले स्थायी समिति सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग अन्नपूर्ण पोष्ट डटकमका लागि सुरेन्द्र काफ्लेले गरेको कुराकानी:

अहिलेको राजनीतिक गतिरोध के कारणले भइरहेको छ ?

अहिलेको राजनीतिको मुख्य गतिरोध भनेको नै निर्वाचन आयोगले निर्वाचन परिणाम दिन ढिलाई गर्नु हो । आयोगले जति छिटो नतिजा दिन्छ, त्यति नै चाँडो राजनीतिक गतिरोध अन्त्य हुन्छ ।

२. के निर्वाचन आयोगका कारणले राजनीतिक गतिरोध लम्बिन सक्ने सम्भावना देखिएको हो ?

हो, आयोगले अनावश्यक विवाद तेस्र्याउन खोजिरहेको छ । आयोग फटाफट रिजल्ड दिनु पर्ने बेलामा अनावश्यक कुरामा अल्झिएको छ । मैले पनि कुरा बुझेको छैन, आयोगले किन ढिलाई गरिरहेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा गठनको प्रक्रिया फरक फरक छन् । आयोगले प्रतिनिधि सभाको कुरा पहिलो टुङ्ग्याउनु पर्छ । प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आयोगले छिटो दिनुपर्यो । आयोग राजनीतिमा अल्झिने होइन, उसको काम प्राविधिक हो, त्यही गर्नु प¥यो ।

३. निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नहुँदासम्म समानुपातिकको नतिजा दिन नसकिने बताउदै आएको छ नि ?

मैले भनिसकेँ, आयोगको काम प्राविधिक मात्र हो, जस्तो रिजल्ट आउँछ त्यही दिने । आयोग किन अनावश्यक उल्झनमा परेको हो ? अरु कुरा झेल्ने काम हामी राजनीतिक पार्टी हो ।

४. संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा एकतिहाइ महिलाको प्रतिनिधित्व भनेको होइन र ?

मैले भनिसकेँ प्रतिनिधि सभा र राष्ट्रिय सभाको पाटो नै फरक हो । प्रतिनिधि सभाको नतिजा पहिला टुङ्याएपछि धेरै समस्या समाधान हुन्छन् । अहिले आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा एकतिहाई महिला सहितको नतिजा छिटो दिनु प¥यो । क्षेत्रीय पार्टीको लागि राष्ट्रिय सभाको कुरा जटिल छ । सबै प्रदेशमा उनीहरुको कसरी प्रतिनिधित्व हुन्छ ।

राष्ट्रिय सभा गठनको विषयमा भइरहेको विवादबारेमा तपाईको के धारणा छ ?

राष्ट्रिय सभा गठन विषयमा धेरै विवाद गर्नु जरुरी छैन । राष्ट्रिय सभाको समस्या राजनीतिक रुपमा समाधान गर्नु पर्छ ।

६ .एमाले बहुमतीय प्रणालीबाट ‘ब्याक’ भएर एकल संक्रमणीय प्रणालीमा लचिलो भएको को हो त ?

एकल संक्रमणीयमा अल्झनु जरुरी छैन । एकल संक्रमणीय एक पटकको लागि मात्र कार्यान्वयन हुनेछ । त्यसपछि कसैले चाहेर पनि एकल संक्रमणीय प्रणाली अबलम्ब गर्न सकिँदैन । अर्को दुई वर्षपछि बहुमतीयमा जानैपर्छ । प्रत्येक प्रदेशबाट राष्ट्रिय सभामा आउने ८ जनामध्ये एक जना दलित, एकजना अपाङ्गता भएका वा अल्पसख्यक चुनिने हुन् । बाँकी ३ जना महिला र ३ जना पुरुष हुने स्पष्ट व्यवस्था छ । एक पटकमा एक जना खाली हुन्छ, त्यसको लागि बहुमतीयमा जानै पर्छ । त्यसकारण एकल संक्रमणीयमा अल्झिनु हुँदैन ।

नयाँ सरकार कहिले बन्छ ?

समानुपातिकको नतिजा आउनेवित्तिकै सरकारको गठन प्रक्रिया शुरु हुन्छ । कसैले रोकेर निर्वाचन परिणाम आएपछि सरकार गठन प्रक्रिया रोकिँदैन । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिको नतिजा छिटो दिनुपर्यो ।

८. पार्टी एकताको कुरा कहाँ पुग्यो ? किन एकता संयोजन समितिको बैठकमा अलमल भएका हो ?

एमाले र माओवादीको एकता हुने कुरामा कसैले शंका नगरे हुन्छ । घोषणपत्र नै एउटा लिएर गएका एमाले र माओवादी एकता नहुने कुरै छैन । संयोजन समितिको सदस्य म होइन, मलाई त्यसबारे खासै जनकारी छैन तर पनि प्रचण्ड चितवनबाट आउन ढिलो भएको र गृहकार्य समेत नभएको बस्न नसकेको हुन सक्छ । बैठक बस्नमा ढिलाई हुनुका पछाडि बाह्य कारण भए जस्तो मलाई लाग्दैन ।

पहिला पार्टी एकता कि सरकार गठन ?

स्थायी सरकार बनेपछि पार्टी एकता हुन्छ । एकताको लागि धेरै गृहकार्य गर्नुपर्छ । एउटै पार्टी भित्र कति समस्या हुन्छन् । दुई पार्टी मिलाउन कहाँ त्यति सजिलो हुन्छ । धेरै कसरत गर्नुपर्छ । पद बाँडफाँटको विषय त्यतिनै पेचिलो छ । जनमतले एकतालाई अनुमोदन गरिसकेकोले एकता हुने कुरामा भने शंका छैन, तर गृहकार्यको लागि समय लाग्छ नै ।

१०. एमाले र माओवादीको पार्टी भित्रको आन्तरिक एकता कमजोर भएकाले एकतामा समस्या भएको सुनिन्छ नि यसमा तपाईको के धारणा छ ?

निश्चिय नै , पार्टी भित्रको आन्तरिक एकता कमजोर हुँदै गएका छन् । पार्टी भित्रको एकता कमजोर भयो भने जसले खेल्न खोज्छ । एकता प्रभाव पार्न सक्छन् । पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्छ । तब कसैले कुनै प्रपञ्च गर्न सक्दैन । पार्टी भित्रको आन्तरिक एकतामा भएको कमजोरीको फाइदा उठाउने प्रयास नभएका होइनन तर त्यसलाई चिर्न सक्नु पर्छ ।

११. वाम एकतामा विदेशी चलखेल पनि भइरहेको भन्ने त ?

चलखेल हुने कुरा निश्चित छ । यसमा दुविधा गर्नु नै पदैन् । विदेशीले त आफु अनुकुलता नै खोज्छ, अनुकुलता नहुने अवस्था आएमा गतिरोध उत्पन्न गर्न खोज्छ नै । त्यसमा हामीले नै सतर्कता र सचेतता अप्नाउनु पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.