ओली र प्रचण्ड बालकोटमा घाम ताप्दै गफ गर्दै

ओली र प्रचण्ड बालकोटमा घाम ताप्दै गफ गर्दै

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटकोट पुगेका छन् । एक हप्तादेखि हुन नसकेको दुई अध्यक्षको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । ओली निवासमा जारी भेटवार्तामा पछिल्लो राजनीतिक गतिरोध, नयाँ सरकार गठन लगायतका विषयमा छलफल जारी रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे फरकफरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेटलाई महत्वका साथ हेरिएको छ।

पार्टी एकता पहिला कि सरकार गठन, सरकारको नेतृत्व आलोपालो हुने वा एकल जस्ता विषयमा दुई पार्टीका नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला दुई शीर्ष नेताबीच छलफल सुरु भएको हो । एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संयोजक छन्।

गत असोज १७ गते घोषणा गरिएको सहमतिपत्रमा ‘समितिले पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने’ उल्लेख छ। साझा घोषणापत्र र साझा उम्मेदवारसहित चुनाव लडेका यी दुई दलले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर कात्तिक १५ यता नेताहरूबीच औपचारिक बैठक बस्न सकेको छैन।

पार्टी एकता र स्थीर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकोले चासोका साथ हेरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.