जाडोमा यसरी बच्‍नुहोस्

जाडोमा यसरी बच्‍नुहोस्

सौन्दर्य र स्वस्थताका लागि कुन क्रिम प्रयोग गर्ने ? यो प्रश्नले युवा मात्र होइन, सौन्दर्यविद्हरूलाई पनि समस्यामा पार्न थालेको छ। मेकअप आर्टिस्ट गीता गिरी भन्छिन्, ‘बजारमा यति धेरै सौन्दर्यका सामग्री आएका छन्, जोकोहीलाई कन्फ्युजन गराउँछन्। आफ्नो छाला कुन खालको हो भन्ने जानकारीबिना जथाभावी क्रिमको प्रयोगले समस्या निम्तिएका छन्।’

खुला सीमाका कारण निर्बाध रूपमा भित्रिएका सौन्दर्य सामग्रीहरूले जाडो होस् वा गर्मी जुनसुकै मौसममा पनि उपभोक्ताको सौन्दर्य निखार्ने दाबीका साथ प्रचार गरिरहेका छन्। छापा एवं विद्युतीय सञ्चारमाध्यममा आएका विज्ञापनका भरमा आफ्नो छालाको प्रकृति थाहा नपाई क्रिम प्रयोग गर्दा उल्टै समस्या भएर हैरान हुनेहरू पनि छन्। तिनैमध्येकी हुन्, सुमार्गी ओली। बच्चा जन्मिएलगत्तै उनको नाकमाथि चायाँ आएको हो। ‘एक वर्षदेखि अनुहारमा आएको चायाँ र पोतोको उपचार गर्दा गर्दै हैरान भएकी छु’, २५ वर्षीया ओली भन्छिन्, ‘क्रिम लगाएकी त हुँ। तर, चायाँ हराउनुको साटो झन् पो बढ्यो। मुखै देखाउन लाज लाग्ने भइसक्यो।’

मनु ब्युटिपार्लर एन्ड कस्मेटिक सेन्टरकी सञ्चालिका मेनुका कँडेल महिलाहरूले जथाभावी क्रिम लगाउने प्रवृत्ति रहेको बताउँछिन्। ‘छालारोग विशेषज्ञ वा अन्य सौन्दर्यविद्हरूको सल्लाह गरेर क्रिम लगाउनेहरू थोरै भएको उनको भनाइ छ। भन्छिन्, ‘जथाभावी क्रिम लगाउँदा डन्डीफोर आउने र छाला नै कुरूप बनेकाहरू पछि गुनासो लिएर आउँछन्। पसलेले यो राम्रो छ लगाउनुस् भनेकै भरमा खरिद गरेर प्रयोग गर्दा धेरैको अनुहार, घाँटीको छाला नै बिग्रेको छ।’ छालाको समस्याले जटिल रूप लियो भने मात्र डर्माटोलोजिस्ट वा मेकअप आर्टिस्ट खोज्नेहरू बढ्न थालेका छन्।

अहिले जाडोको मौसम छ। यस्तो मौसममा सुक्खा छाला भएकाहरूको एकदमै सुक्खा र तैलीय छाला भएकाहरूको पनि सुक्खा छाला हुने गर्छ। चिसोका कारण शरीरमा भएका तैलीय ग्रन्थीहरूको क्रियाशीलतामा कमी आउँछ। फलस्वरूप, छाला एकदमै सुक्खा हुने, पोल्ने, कक्रक्क पर्ने, फुस्रो हुने, पाप्रा, धर्कोहरू बस्ने, चाउरीपना बढ्नेलगायतका समस्या भोग्नुपर्ने बाध्यता हुन्छ। छाला रोग विशेषज्ञ डा. रिता श्रेष्ठका अनुसार अनुहार, घाँटी, हातखुट्टा खुला नै रहने हुनाले ती भागमा बढी सुक्खापन हुने गर्छ। शरीरको मोस्चराइजरलाई वातावरणीय प्रभावबाट हुने हानिबाट जोगाउन धेरैलाई हम्मेहम्मे पर्छ।

सुन्दर छालाले व्यक्तित्व बढाउँछ। टिनएजहरूको छाला चम्किलो र आकर्षक हुन्छ। मेकअप गर्दा छालाको प्रकृतिअनुसार गर्नुपर्छ। पहिले आफूलाई कुन मेकअप गर्दा उपयुक्त हुन्छ त्यो भन्ने बुझेर मात्र कस्मेटिक प्रोडक्टको प्रयोग गर्नुपर्ने मेकअप आर्टिस्ट गिरीको सुझाव छ ३० वर्ष नाघेका व्यक्तिको छाला सुक्खा हुने गर्छ। सुक्खा छाला छिट्टै चाउरी पर्ने सम्भावना बढी हुन्छ। त्यस्तो बेला ओयलयुक्त क्रिमले मसाज गर्नुपर्ने ब्युटिसियनहरू बताउँछन्। फेसियलले छालालाई स्वस्थ राख्नुका साथै रक्तसञ्चार पनि गराउन सहयोग पुग्छ। यसले नयाँ कोशहरू बनाउनसमेत सहयोग पुग्छ।

सुन्दर छालाले व्यक्तित्व बढाउँछ। टिनएजहरूको छाला चम्किलो र आकर्षक हुन्छ। मेकअप गर्दा छालाको प्रकृतिअनुसार गर्नुपर्छ। पहिले आफूलाई कुन मेकअप गर्दा उपयुक्त हुन्छ त्यो भन्ने बुझेर मात्र कस्मेटिक प्रोडक्टको प्रयोग गर्नुपर्छ।

धेरै मानिसको अनुहारको छाला अति नै स्वस्थ र सुन्दर देखिन्छ। तर घाँटी मुजा परेको, कालो र मेैलो आदि देखिन्छ। मेकअप गर्दा अनुहारको मात्र गरिन्छ। तर चिउँडोमुनिको भाग हेर्दै घिनलाग्दो देखिन्छ। फलस्वरूप अनुहारको सजावट हास्यास्पद हुन पुग्छ। कार्यव्यवस्तता र अज्ञानताका कारण अनुहारले मात्र प्राथमिकता पाउने गरेको गृहिणी पुनम पोखरेल बताउँछिन्। घाँटी कालो हुनु, मैलो देखिनु, धर्काहरू आउनु, चाउरी पर्नुजस्ता समस्याले धेरैजना हैरान छन्। यसले व्यक्तिको अनुहारको सुन्दरतासमेत घटाइदिन्छ। घाँटी सुन्दर छ भने विभिन्न किसिमका लुगा र गहनाहरू लगाएको सुहाउँछ। छालाको नियमित स्याहार र सौन्दर्य बढाउन अल्छि मान्दा जाडो सिजनमा अनेकौं समस्या बेहोर्नुपर्छ। त्रिवि शिक्षण अस्पतालको ओपीडीमा दैनिक औसत दुई सय पीडित छालाको समस्या लिएर आउने गरेको डा. श्रेष्ठ बताउँछिन्। उनका अनुसार जाडो समयमा सुक्खा छाला हुनबाट बचाउन मोस्चरको प्रयोग अत्यावश्यक छ। त्यस्तै, सनस्क्रिन लोसनको प्रयोगबाट घाँटीको छालालाई सुरक्षा प्रदान गर्छ।

छाला इपिडर्मिस र डर्मिस गरी दुई तहबाट बनेको हुन्छ। प्रत्यक्ष देख्ने छालाको तहलाई इपिडर्मिस भनिन्छ। यस तहको बाह्यभाग मृत कोषले बनेको हुन्छ, जसलाई पानी, मोस्चर, लोसन र क्रिम आदि प्रयोग गरेर स्वास्थ्य र सुन्दर राख्न सकिन्छ। यो छाला बिस्तारै झर्दै जान्छ। भित्रबाट नयाँ जीवित कोषहरू जन्मिँदै बाहिरी तहमा पुग्छ। छालाको भित्री भागलाई डर्मिस भनिन्छ। यो तह जीवित कोषहरूबाट बनेको हुन्छ। यस तहलाई वास्तविक छाला पनि भनिन्छ। यही तहमा रक्तधमनी, रौंका जरा, अन्य ग्रन्थी रहेका हुन्छन्। चिसो हावाका साथै सुक्खा वातावरणले गर्दा शरीरको बाह्य वातावरण अर्थात् छाला एकदमै असजिलो, असामान्य अवस्था सामना गर्नुपर्ने हुन्छ। जाडोको कारण पानी प्रयोगमा कमी हुन जान्छ। अनुहार पनि सामान्य आकारभन्दा खुम्चिएको महसुस हुन्छ।

छालारोग विशेषज्ञ डा. श्रेष्ठ जाडोमा मोस्चराइजरयुक्त क्रिम सबैले लगाउनुपर्ने सुझाव दिन्छिन्। तर जथाभावी खरिद गर्नुको साटो छालारोग विशेषज्ञसँग परामर्श गर्नुपर्ने उनको सुझाव छ। मोस्चराइजरको सट्टा नरिवलको तल, भेसलिन, बडी लोसन प्रयोग गर्न सकिन्छ। नुहाइसकेपछि ओलिभ आयल शरीरमा लगाउँदा पनि फाइदा पुग्छ। तोरीको तेल लगाएर घाममा बस्यो भने रियाक्सन हुन्छ। बच्चालाई त्यसरी राख्दा पछि गएर छालाको क्यान्सर हुन सक्छ। परम्परागत रूपमा तोरीको तेल लगाएर बस्दा जीउ दुखेको निको हुन्छ भन्ने मान्यताले जरा गाडेको छ। तर नांगो शरीर लामो समयसम्म बस्नु स्वस्थकर नहुने चिकित्सकहरू बताउँछन्। सौन्दर्य र सन्तुष्टि एकअर्काका परिपूरक हुन्। ‘सन्तुष्टि पाइने गरी क्रिम प्रयोग गरौँ। नत्र असन्तुष्टिले झन् सौन्दर्य बिगार्छ। यसका लागि जथाभावी नभई सल्लाह गरेर सौन्दर्य सामग्रीको प्रयोग उचित हुन्छ’, डा. श्रेष्ठले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.