कार दुर्घटनामा परे भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनो

कार दुर्घटनामा परे भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनो

काठमाडौं : स्पेनिस ला लिगा फुटबल क्लब भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनो दुर्घटनामा परेका छन्। क्रिसमसका लागि घर जाँदै गरेका भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनोको कार जंगली सुँगुरसँग ठोक्किएर दुर्घटनामा परेको हो।

५२ वर्षका मार्सेलिनो स्पेनको उत्तरी क्षेत्र अस्ट्ररिएसमा रहेको घर जाँदै गर्दा लोगरोनो र बिल्बाओको बीचमा रहेको बाटोमा दुर्घटना भएको हो। जंगलको बीचमा रहेको बाटोमा एक्कासि सुँगुर आएपछि उनको कार ठोक्किएको थियो।

दुर्घटनापछि सामान्य घाइते भएका उनलाई नजिकै रहेको अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले केही समयपछि नै अस्पतालबाट घर पठाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.