राष्ट्रपतिद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले बिहान साढे ११ बजे अध्यादेश पारित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधवप्रसाद शर्माले जानकारी दिए ।

राजनीतिक निकास दिन दलहरुबीच सहमतिका लागि गरिएको प्रयास सफल भएको शर्माले बताए । अब राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक रोकेर शितलनिवास पुगेका थिए । प्रधानमन्त्री देउबासँग राष्ट्रपति भण्डारीको एक घण्टासम्म छफफल भएको राष्ट्रपतिका स्वकीय सचिव जिवच्छ साहले बताए ।   शुक्रबार बिहानै देउबा भन्दाअघि एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति भेटेका थिए । 

 गत कार्तिक १ गते मन्त्रिपरिषद्ले अध्यादेश स्वीकृत गरि प्रकाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गरको थियो ।

संविधानको धारा ११४ मा संघीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नसक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपछि अध्यादेश ऐन सरह मानिने  र पारित अध्यादेश संयीय संसदको अधिवेश सुरु भएपछि दुवै सदनमा स्वीकृतिका लागि पेश गर्नु पर्ने व्यवस्था संविधानले गरको छ । 

राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

No automatic alt text available.


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.