क्षयरोगीको सर्वेक्षण सुरु, रोगीको अवस्थाबारे जानकारी लिइने

क्षयरोगीको सर्वेक्षण सुरु, रोगीको अवस्थाबारे जानकारी लिइने

भक्तपुर : नेपालमा पहिलो पटक बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण कार्यक्रम सुरु हुने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि गर्न सर्वेक्षणमा देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था बरे जानकारी लिइले केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए ।

देशभर समेट्ने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याएर बिरामीको घरमै पुगी अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गरिने उनको भनाइ छ । उसका लागि पूर्व तयारी प्रशिक्षण कार्य सम्पन्न भएसकेको छ ।

प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगी भएको तथ्यांक रहेपनि मुलुकमा ५८ देखि ६० हजारको संख्यामा क्षयरोगी हुनसक्ने आँकलन रहेको केन्द्रका योजना प्रमुख अनिल थापाको भनाइ छ ।

 सर्वेक्षणबाट क्षयरोगको अवस्था, निको हुने दर, नयाँ बिरामी थपिने दर, नयाँ रोगीको संख्या, रोगीको अवस्थाबारे जानकारी प्राप्त हुने बताइएको छ ।

दामियन फाउण्डेशन नेपालका प्रतिनिधि डा सुशील कोइरालाले सुरु भएको छोटो अवधिमै उपचार विधि र सर्वेक्षण क्षयरोग उन्मूलनमा सहयोगी हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.