ईपीएल फाइनल आज : अनुभवीलाई युवा खेलाडीको चुनौती

ईपीएल फाइनल आज : अनुभवीलाई युवा खेलाडीको चुनौती

काठमाडौं : घरेलु क्रिकेटको प्रतिष्ठित टीट्वेन्टी क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेपछि सुरु हुने खेलमा उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दै छन् । ट्रफीसहित २१ लाख रुपैयाँ पुरस्कारका लागि हुने यो प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रदर्शनका आधारमा प्रतियोगिताकै दुई उत्कृष्ट टोली फाइनलमा पुगेकाले पनि उपाधि भिडन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको हो । विराटनगर र भैरहवाबीचको खेललाई अनुभवी खेलाडीविरुद्ध युवा खेलाडीबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । विराटनगरमा अनुभवी खेलाडीको बाहुल्य छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारसको नेतृत्वमा रहेको विराटनगरमा हङकङेली राष्ट्रिय टोलीका दुई सशक्त खेलाडी बाबर हायात र अंसुमान रथ पनि छन् ।

विराटनगरको बलिङ डिपार्टमेन्टको नेतृत्व नेपाली राष्ट्रिय टोलीका मुख्य बलर वसन्त रेग्मीले गरिरहेका छन् । त्यसको ठीक विपरीत भैरहवा भने युवा खेलाडीको भरमा टिकेको छ । भैरहवामा कप्तान शरदसँगै युवा अलराउन्डर आरिफ सेख र रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बलिङतर्फ हरिशंकर शाहलगायत युवा बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

bhairahawa-Gladiators-vs-Pokhara-rhinos-(2)

त्यसैले शनिबारको फाइनलमा अनुभवी खेलाडीविरुद्ध युवा खेलाडीको प्रदर्शनले उपाधिको टुंगो लगाउनेछ । विराटनगर र भैरहवाबीचको फाइनल खेल जारी प्रतियोगितामा यी दुई टोलीबीचको तेस्रो प्रतिस्पर्धा हुनेछ । ती दुई टोलीबीच यसअघि भएको खेलको नतिजाले भने विराटनगरलाई उपाधिको बलियो दाबेदार देखाउँछ । अघिल्लो दुवै भेटमा विराटनगर विजयी भएको थियो । राउन्ड रोबिन लिगमा विराटनगरले भैरहवाविरुद्ध ३५ रनले हराएको थियो भने पहिलो क्वालिफायर खेलमा पनि विराटनगर आठ विकेटले विजयी भएको थियो ।

यी दुवै टोलीले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने प्रतिक्रिया दिएका छन् । विराटनगरका कप्तान पारस निश्चित खेलमा सधैं अघिल्लो खेलको नतिजाले प्रभाव नपार्ने तर्क गर्छन् । ‘क्रिकेटमा हामीले यसअघि जितिसकेको टिम भनेर हुँदैन । जुन दिन जसले राम्रो खेल्छ त्यसैले जित्ने हो’, पारस भन्छन्, ‘त्यसैले फाइनल खेललाई सहज रूपमा लिन सकिँदैन । भैरहवा पनि राम्रो टोली हो । हामीले मेहनत गरेर खेल्दा मात्रै उपाधि सम्भव हुनेछ ।’

भैरहवाका कप्तान शरदको भनाइ पनि उस्तै छ । ‘पछिल्लो समय लगातार खेल्नुपर्दा हामीलाई मुस्किल भएको थियो । फाइनल खेलअघि एक दिनको आराम पाएका छौं’, शरद भन्छन्, ‘हामीले केही योजना बनाएका छौं । त्यसअनुसार खेल्न सक्यौं भने हामी उपाधि जित्न सक्छौं । प्रतियोगितामा राम्रो ब्याटिङ प्रदर्शन गरिरहेका अंसुमान रथ र बाबर हायातसँगै पारसलाई चाँढै आउट गर्न सक्यौं भने हाम्रो सम्भावना बलियो छ ।’

पारस र शरदको टोली घरेलु क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको यो दोस्रोपटक हो । यसअघि गत वर्ष भएको धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा पनि पारसले कप्तानी गरेको धनगढी टिम चौराहले फाइनलमा शरदले कप्तानी गरेको विराटनगर किङ्सलाई ६२ रनले पराजित गर्दै उपाधि हात पारेको थियो । यसपटक शरदले त्यो पराजयको बदला लिन्छन् वा पारसले आफ्नो विजय यात्रालाई जारी राख्नेछन्, फाइनल खेलको समाप्तिपछि मात्र थाहा हुनेछ ।

epl-bhairawaha-vs-biratnagar_1


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.