गर्भवतीलाई सफाई सामग्री

गर्भवतीलाई सफाई सामग्री

जनकपुरधाम : गर्भवतीको स्वास्थ्य राम्रो बनाउन व्यक्तिगत सफाई सामग्री वितरण गरिएको छ । धनुषाको औरही गाउँपालिका ५ र ६ का सयबढी गर्भवतीलाई शनिबार व्यक्तिगत सफाई सामग्री वितरण गरिएको हो ।

सो क्षेत्रका नव निर्वाचित सांसद रामअशीष यादवको प्रयास तथा यूनिसेफको सहयोगमा गर्भवतीलाई साबुन, ब्रस, टुथपेस्ट, नेलकटर, तौलिया, सेनेटरी प्याड र लुगा उपलब्ध गराईएको हो । गाउँघरमा गर्भवती भएको समयमा पोषण र सफाईमा विशेष ध्यान नदिइने हुँदा आमा र बच्चा दुबैलाई जोखिम हुने गरेको छ ।

महिला किसान कृषि सहकारी संस्थाको तेस्रो साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा गर्भवतीले दुई वटा जीउ जोगाउनु पर्ने हुँदा विशेष सतर्कता अपनाउनु आवश्यक रहेको डा. रामज्ञान यादवले बताए ।

गाउँपालिका उपप्रमुख मिरा सहनीले गर्भवती भएको अवस्थामा घरपरिवारबाट समेत विशेष सहयोग रहनुपर्ने बताईन् ।उनले समाजमा छोरा र छोरी बीच अझै विभेद रहेको जनाउँदै छोरी जन्मिदा अपमान गर्ने परम्परा अन्त्य गरिनु पर्नेमा जोड दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.