सुर्तीजन्य पदार्थको करबाट गम्भीर विरामीलाई भत्ता

सुर्तीजन्य पदार्थको करबाट गम्भीर विरामीलाई भत्ता

काठमाडौं: सरकारले गम्भीर प्रकारका बिरामीलाई सुर्तीजन्य उठेको करबाट भत्ता दिने तयारी गरेको छ ।  मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक भत्ता दिने घोषणा गरिसकेको सरकारले सुर्तीजन्य पदार्थको करबाटै उक्त रकम व्यवस्था गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री दीपक बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैया“का दरले दिने भनिएको रकम सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे ।

‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको छ,’ औषधि व्यवसायी संघ बागमतीको साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘त्यही कोषबाट बिरामीलाई जिविकोपार्जन भत्ता दिइन्छ ।’

नेपालमा करिव १८ हजार बिरामी मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्यांक छ । मन्त्री बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । ‘कतिपय नीतिगत कुराहरु हामीले गरिरहेका छौं,’ उनको भनाइ थियो, ‘आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।’

नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारले सहयोगी भए औषधि धेरै सस्तो गर्न सकिने धारणा राखे । उनले भने, ‘औषधि सस्तो गर्न नारामात्रै होइन, सरकार र व्यवसायीबीच समझदारीको वातावरण हुनुपर्छ ।’

औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपाल औषधिमा ४० प्रतिशतमात्रै आत्मनिर्भर रहेको बताउ“दै नेपाली औषधिहरुको गुणस्तरीयतामा कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे ।

औषधि व्यवसायी संघ बागमतीका अध्यक्ष निरञ्जनप्रसाद रिसालले आत्मनिर्भरताका नाममा गुणस्तरीयता र मूल्यमा भने सम्झौता गर्न नहुने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.