सुर्खेतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुँदै

सुर्खेतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुँदै

 

सुर्खेत : सुर्खेतमा ब्याडमिन्टन कभर्ड हल निर्माणका लागि जग्गा उपलब्ध गराइएको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतको स्वामित्वमा रहेको जग्गा कभर्ड हल निर्माणका लागि प्रदान गरिएको हो । जग्गा उपलब्ध भएसँगै अब सुर्खेतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ । जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले जिल्लामा सुविधासम्पन्न कभर्ड हल निर्माण गर्न जग्गा माग गरेपछि सुर्खेत उपत्यका नगर विकास समितिले जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराएको जग्गामध्येबाट करिब चार कट्ठा जग्गा कभर्ड हलका लागि हस्तान्तरण गरिएको हो ।

ब्याडमिन्टन संघले ब्याडमिन्टनमात्र नभई अन्य खेल पनि खेल्न मिल्ने गरी बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने तयारी गरेको छ । उक्त हल निर्माणका लागि संघले गत वर्ष महायज्ञ सञ्चालन गरेर डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक संकलनसमेत गरिसकेको छ । संघका उपाध्यक्ष चेत अधिकारीका अनुुसार महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये खर्च कटाएर एक करोड ३० लाख रुपैयाँ बचत भएको उनले जनाए ।

सोही रकमबाट कभर्ड हल निर्माण गरिनेछ । अबको एक वर्षभित्र हल निर्माण गरिसक्ने जनाइएको छ । चारवटा ब्याडमिन्टन कोर्टसहितको हल बनाइने संघका उपाध्यक्ष अधिकारीले बताए । यसैगरी कभर्ड हलमा योग तथा प्राणायाम गर्न मिल्नुुका साथै अन्य इन्डोर खेल सञ्चालन गर्नसमेत सकिने उनको भनाइ छ । अधिकारीले सभा तथा सेमिनार आयोजनाका लागि पनि प्रयोग गर्न मिल्ने गरी हल निर्माण हुने बताए ।

जग्गा हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुुर्खेतका अध्यक्ष चन्द्रप्रकाश गिरीले सुर्खेतमा सुुविधासम्पन्न कभर्ड हल निर्माण हुनु यो प्रदेशकै लागि खुसीको विषय भएको बताए । उनले सुर्खेतमा प्रदेशस्तरको कभर्ड हल अपरिहार्य रहेको भन्दै उक्त आवश्यक्तालाई ब्याडमिन्टन संघले पूरा गर्न लागेको प्रतिक्रिया पनि दिए । कभर्ड हल निर्माण भइसकेपछि सुर्खेतबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ब्याडमिन्टन खेलाडी उत्पादन गर्न सकिने विश्वास पनि गिरीले व्यक्त गरे ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.