विद्यार्थीको रोजाइमा बाली विज्ञान

विद्यार्थीको रोजाइमा बाली विज्ञान

 

गोकुलेश्वर : जिल्लाको दोगडाकेदार गाउँपालिका श्रीकोटका हरीश बिष्टको रुचिको विषय थियो कृषि । उनले आईएससी पास गरेकै वर्ष बैतडीको गोकुलेश्वरमा कृषि तथा पशुविज्ञान कलेज स्थापना भयो । बाली विज्ञान पढेर कृषिक्षेत्रमा रमाउने उनको चाहना घरनजिकै खुलेको कलेजले पूरा गर्‍यो । उनले भने, ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो । काठमाडौं वा अन्य कुनै ठाउँ गएर पढ्न सकिँदैन जस्तो लागेको थियो । आफ्नै जिल्लामा कृषि तथा पशुविज्ञान कलेज खुलेर बीएससी एजीको पढाइ हुँदा मैले पनि पढ्न पाएँ ।’

हरीशजस्तै सुदूरपश्चिमका धेरै ठाउँका विद्यार्थी बाली विज्ञानमा भविष्य खोज्न बैतडी आउँछन् । २०६७ सालमा स्थापना भएको गोकुलेश्वर कृषि तथा पशुविज्ञान त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्रै सामुदायिक कलेज हो । यहाँ वार्षिक ५० जना विद्यार्थीलाई भर्ना लिइन्छ । त्यसमध्ये १५ जना सुदूरपश्चिमका विद्यार्थीका लागि कोटा छुट्ट्याइएको छ । कलेज स्थापना भएयता बीएससी एजीको तेस्रो ब्याच पास हुने अवस्थामा छ । ग्रामीण क्षेत्रका जेहेनदार विद्यार्थीले पनि कलेजमा पढ्न पाएको कलेज प्रमुख परमानन्द जोशीले बताए । ‘बाली विज्ञानमा स्नातक पढ्ने धेरैको चाहना हुन्छ । तर आर्थिक, सामाजिक कारणले त्यो सम्भव नभएका बेला यो क्षेत्रका विद्यार्थीले समेत पढ्न पाएका छन्’, उनले भने ।

आर्थिक अवस्था कमजोर भएका तर पढाइमा अब्बल विद्यार्थीले जिल्लाबाहिर गएर पढ्न नसकिरहेको अवस्थामा कलेज कोसेढुंगा सावित भएको स्थानीय सुरेश श्रेष्ठले बताए । ‘कलेजले सुदूरपश्चिममा पनि ठूलाठूला कलेज सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । समुदायको व्यवस्थापनमा प्राविधिक शिक्षालय सञ्चालन गर्न सकिन्छ भन्ने नमुना प्रस्तुत गरेको छ’, उनले भने ।

सुदूरपश्चिमका धेरै विद्यार्थी कलेजमा अध्ययनरत रहेको कलेजका प्रशासकीय अधिकृत गौरीदत्त जोशीले बताए । ‘यो सामुदायिक कलेज स्थापना भएपछि बाली विज्ञान पढ्ने विद्यार्थीको आकर्षण बढेको छ । दुई ब्याचको नतिजा शतप्रतिशत आएको छ । यो कलेजबाट उत्तीर्ण धेरै विद्यार्थीले जागिरसमेत पाइसकेका छन् ।’

बाजुराकी जानकी महतको पनि पहिलादेखि नै बाली विज्ञान रुचिको विषय हो । विज्ञानबाट प्लस टू तह उत्तीर्ण गरेसँगै बाली विज्ञानमा स्नातक गर्न कहाँ जाने होला भन्ने उनलाई चिन्ता थियो । तर बैतडीको गोकुलेश्वरमा बाली विज्ञान विषय पढाइ हुने थाहा पाएपछि आफूलाई ज्यादै खुसी लागेको उनले बताइन् । ‘आफ्नै ठाउँमा प्राविधिक विषय पढ्न पाउनु निकै खुसीको कुरा हो । हामीलार्ई आत्मनिर्भर बनाउन सहयोग गर्नेमा शंकै छैन’, उनले भनिन् । दार्चुलाको लेकम गाउँपालिका सर्मोलीकी दीपा भट्ट पनि बाली विज्ञानमा स्तातक गर्दै छिन् । छिमेकी जिल्लामै यस्तो अवसर पाउँदा उनी पनि दंग छिन् ।

कलेजमा दुई ब्याचमा करिब एक सय विद्यार्थी उत्तीर्ण भइसकेका छन् भने ५० जना विद्यार्थी अन्तिम परीक्षा दिइरहेका छन् । यहाँबाट उत्पादित जनशक्तिले कृषि क्षेत्रको योगदान पुर्‍याउने अपेक्षा रहेको जिल्ला कृषि विकास कार्यालय बैतडीका वरिष्ठ कृषि विकास अधिकृत दिव्यदेव भट्टले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.