चारतारे होटलमा बलात्कार ? प्रहरी भन्छ : अनुसन्धान हुँदैछ

चारतारे होटलमा बलात्कार ? प्रहरी भन्छ : अनुसन्धान हुँदैछ

नेपालगन्जः नेपालगन्जस्थित होटल सिग्नेट इन कृष्णाबाट प्रहरीले शनिबार राती दुई युवतीको उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी राजेन्द्र अर्यालका अनुसार युवतीले आफुमाथि बलात्कार भएको बताएका थिए । 


‘युवतीले होटलको बाथरुमबाट फोन गरेर आफुमाथि बलात्कार प्रयास भएको बताएपछि प्रहरी तत्काल होटलमा पुगेको थियो,’ अर्यालले भने । बलात्कार आरोपमा प्रहरीले सुर्खेतका २ पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीका अनुसार युवती १९ र २६ वर्षका छन् ।

प्रहरीले युवती र पीडकको मेडिकल जाँचका लागि ल्याबमा पठाइएको छ । प्रहरी स्रोतले भन्यो, ‘युवतीमाथि बलात्कार भएको हो वा सहमतिमा यौनसम्बन्ध राखेपछि यस्तो आरोप लगाइएको हो ? त्यो अनुसन्धानपछि खुल्ने छ । ती युवती र पुरुषहरु होटलमा सँगै प्रवेश गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.