दुई नम्बर प्रदेशको मुख्यमन्त्री को ? यस्ता छन् दाबेदार

दुई नम्बर प्रदेशको मुख्यमन्त्री को ? यस्ता छन् दाबेदार

काठमाडौं :प्रदेश नम्बर २ मा स्पष्ट बहुमत ल्याएका मधेसवादी दलको सरकार बन्ने सम्भावना पक्का जस्तै छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको गठनबन्धनले प्रदेश २ मा स्पष्ट बहुमत ल्याएका छन् । 

यसरी पुग्छ बहुमत

फोरमले प्रत्यक्षमा २० र समानुपातिकमा ९ सहित २९ सिट जितेको छ भने राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० सहित २५ सिट जितेको छ । प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सिटमा राजपा–फोरमको ५४ सिट हुन्छ । त्यो प्रदेश सभाको स्पष्ट बहुमत हो ।

सरकार बनाउने जनमत फोरम र राजपालाई मधेशी जनताले दिएका छन् । मुलुकका ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको अवस्थामा प्रदेश २ मा गम्भीर दुर्घटना नभएमा मधेसको पहिलो सरकार फोरम–राजपा गठबन्धनको निश्चित छ ।

मधेसवादी दलको सरकार बन्ने पक्का भएपछि मुख्यमन्त्रीका लागि दुवै दलका नेताबीच आ–आफ्नै दाबी छ । आफु मुख्यमन्त्री बन्न शीर्ष नेतासमक्ष लविङ तिब्र पारेका छन् ।

फोरम ढुक्क

प्रदेश सभामा सबैभन्दा बढी सिट ल्याएकोले मुख्यमन्त्री पाउनेमा फोरम ढुक्क छ । राजपाले केही सिटमात्र कम भएको कारण दाबेदारीमा कमजोर नरहेको बताउँदै आएको छ ।

मुख्यमन्त्रीका लागि फोरमका उपाध्यक्ष लालबाबु राउत, राजपाका महासचिव मनिष सुमन मुख्य दाबेदारका रुप देखिएका छन् । राजपा नेता जितेन्द्र सोनलको मुख्यमन्त्रीमा दाबी रहेको छ । फोरम उपाध्यक्ष राउत पर्सा क्षेत्र नम्बर १ (ख)बाट बिजयी भएका हुन् । राजपा महासचिव सुमन सप्तरी क्षेत्र नम्बर २(ख) बाट निर्वाचित भएका छन् । सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित भएका हुन् ।

यसो भन्छन् मुख्यमन्त्रीका दाबेदार

फोरम उपाध्यक्ष लालबाबु राउतले प्रदेश सरकार फोरम र राजपाको बन्नेमा करिब निश्चित रहेको बताए । उनले चुनावमा जनताले फोरम र राजपा गठनबन्धनलाई सरकार बनाउने म्यान्डिडेट दिएकाले फोरम– राजपा गठबन्धनको सरकार बन्ने बताए । फोरम नेता राउतले राजपा भन्दा धेरै सिट भएको फोरमले नै मुख्यमन्त्रीमा पहिलो दाबी गर्ने बताउँछन् ।

‘राजपा भन्दा फोरमको सिट बढी छ, त्यस कारण मुख्यमन्त्रीमा फोरमको हक दाबी हुन्छ,’ उनले भने । नेता राउतले पार्टीको निर्णयानुसार नै मुख्यमन्त्री हुने बताए । उनले आफु प्रदेश सभामा लडेको कारण स्वतः मुख्यमन्त्रीको दाबेदार रहेको बताए । उनले भने, ‘चर्चा हुनु स्वभाविक हो तर अन्तिम निर्णय पार्टी गर्छ, आफ्नो पक्ष भए, नभए पनि पार्टी निर्णय सबैले मान्नुपर्छ ।’

राजपा महासचिव सुमनले राजपा र फोरम एकीकरण उन्मुख रहेकाले जो सुकै मुख्यमन्त्री हुन नसक्ने बताए । वाम गठन्धनको विकल्पको सरकार बनाउने कसरत भइरहेको बताउदै उनले प्याकेजमा हुने सहमतिमा राजपाले प्रदेशिक सरकारको नेतृत्व लिन सक्ने बताए ।

सरकारमा राजपाको नेतृत्व

प्याकेजमा सहमति हुँदा संघीय सरकारमा फोरमले नेतृत्व गर्ने र प्रदेश सरकारमा राजपाले नेतृत्व गर्ने आसय सुमनको रहेको छ । उनले भने, ‘प्याकेजमा डिल हुन्छ, संघीय सरकार फोरमले नेतृत्व पायो भने हामीले प्रादेशीक सरकारको नेतृत्व लिनेछौ, राष्ट्रिय सभा पनि छ ,यहाँको प्रतिनिधित्वको कुरा पनि हुन्छ ।’

उनले जिम्मेवारी पाएमा मुख्यमन्त्री मात्र नभई प्रधानमन्त्रीसम्म चलाउन सक्ने बताए । ‘पद विशेषमा मेरो त्यस्तो आंकाक्षा होइन, तर पनि तपार्इँहरुले चर्चा चलाइदिनु भएको छ, जिम्मेवारी पाएमा प्रधानमन्त्री नै चलाइदिन सक्छु ।’

नेता सुमनले गठबन्धनको हाइकमाण्ड, पार्टीको हाइकमाण्ड र प्रदेश विधायकहरुले मुख्यमन्त्रीको टुङ्गो लगाउने बताए ।
राजपा नेता जितेन्द्र सोनलले राजनीति गर्ने मान्छेले दाबेदारी गर्नु स्वभाविक भएको बताए । ‘चर्चा हुनु स्वभाविक हो । ‘निर्णय गर्ने पार्टीले हो ।’ उनले भने ।

उनले प्रदेश २ मा राजपा– फोरम सरकार बन्ने निश्चित भएकोले पार्टी र गठबन्धनको नेतृत्वले मुख्यमन्त्री तय गर्ने बताए । उनले मधेसको मुख्य एजेण्डा संविधान संशोधन रहेको बताए । उनले संविधान संशोधनका साथै प्रदेश २ का विकास र समृद्धिको लागि अघि बढ्ने बताए ।

फोरम नेता विजयकुमार यादव समेत मुख्यमन्त्रीको चर्चामा छन् । फोरम नेता यादव सिराहा क्षेत्र नम्बर २(क) बाट निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.