तुइन चुडिँएर कर्णालीमा खस्दा एकको मृत्यु, दुई घाइते

 तुइन चुडिँएर कर्णालीमा खस्दा एकको मृत्यु, दुई घाइते

धनगढी : कैलाली मोहन्याल गाउँपालिका–७ कर्णाली नदीको चिप्लेघाटमा तुइन चुडिँदा आइतबार एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले बताए ।

तुइन तर्ने क्रममा अचानक ‘लक’ चुडिएपछि तीनै जना नदीको किनारामा खसेको बताइएको छ । घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट रहेकाले जानकारी ढिलो प्राप्त भएको हो ।

दुर्घटनामा घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लान सिफरिस गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.