टाइफाइड भएमा के गर्ने ?

टाइफाइड भएमा के गर्ने ?

काठमाडौं : टाइफाइड प्राय गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो। तर चिसो मौसमा पनि टाइफाइडले सताउन सक्छ। दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ। टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्छ। बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरु  बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन्।

कसरी थाहा पाउने
शरीरमा हनहनी ज्वरो आउँछ। यसका साथै रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने,शरीर गल्ने र खान मन लाग्दैन। औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो घट्दैन। रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ।

टाइफाइड भएमा के गर्ने 
रगत परिक्षणबाट टाइफाइड भएको पक्का भएपछि यसको घरेलु उपचार गर्न सकिन्छ। बिरामीलाई हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी लगाउन सकिन्छ। हलुका लुगा लगाइदिएर खुल्ला ठाउँमा राख्नुपर्छ। कतिपय व्यक्ति ज्वरो आएमा बाक्लो लुगा लगाउने, मुख छोपेर बाक्लो लुगा ओढ्ने गर्छन् तर यसो गर्नुहुँदैन। यसो गर्दा ज्वरो झन बढ्न जान्छ। नियमित औषधि सेवन गर्नुपर्छ।

खुला ठाउँमा दिसा पिसाप गर्नुहुँदैन। शौच गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। खाना खानुभन्दा अगाडी साबुन पानीले हात धुनुपर्छ। पिउने पानी उमालेर मात्र खानुपर्छ। घर, सुत्ने कोठा सफा राख्नुपर्छ। बिरामीले लगाउने लुगा र प्रयाेग गर्ने  बेडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

बिरामीले के खाने
टाइफाइडले आन्द्रामा संक्रमण गर्छ। त्यसकारण टाइफाइडका बिरामीले झोलिलो वा नरम खाना खानुपर्छ। प्रशस्त मात्रामा पानी वा झोलिलो पदार्थको सेवन गर्नुपर्छ। यो रोगका बिरामीका लागि जावलो सबैभन्दा उत्तम खाना मानिन्छ।

के नखाने
टाइफाइडका बिरामीले अमिलो, पीरो र कडा खालको खाना खानुहुँदैन। फोहोर एवं दुषित पानी पिउनु हुँदैन। नरमखालका फलफूल सेवन गर्न सकिन्छ। माछा, मासु र चिल्लोजन्य पदार्थबाट टाढा रहनुपर्छ। यदि कसैलाई टाइफाइड भएको छ भने उसले पूर्णरुपमा संचो नभएसम्म भान्‍साका काममा लाग्नुहुँदैन ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.