एयर एसियाले तिरेन सेवा शुल्क

एयर एसियाले तिरेन सेवा शुल्क

काठमाडौं : मलेसियाको वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालका लागि आधिकारिक टिकेटिङ कम्पनी इन्सेन्टिभ ग्रुपले नेपाल पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटन सेवा शुल्क बापतको सात करोड रुपैयाँ बुझाएको छैन। एयर एसियाको जनरल सेल्स एजेन्ट (जीएसए) पाएको यो कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि शुल्क बापतको सात करोड २३ लाख रुपैयाँ नबुझाएको पर्यटन बोर्ड उच्च स्रोतले जानकारी दिएको छ।

इन्सेन्टिभ ग्रुपले सन् २०१६ को नोभेम्बरपछि बोर्डलाई तिर्नुपर्ने रकम तिरेको छैन। नेपालबाट बाहिरिने हरेक विदेशी पर्यटकले पर्यटन सेवा शुल्कबापत बोर्डलाई करबाहेक एक हजार रुपैयाँ बुझाउनुपर्छ। बोर्डको आम्दानीको मुख्य स्रोत नै यही पर्यटन सेवा शुल्क हो। बोर्डलाई सरकारले उक्त शुल्क उठाएर पर्यटन प्रवद्र्धन र विकास गर्ने अधिकार दिएको छ। बोर्डले बर्सेनि यही रकमबाट नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्नेदेखि पर्यटकीय गतिविधि बढाउने गरी विविध पर्यटकीय कार्यक्रम गर्ने र पर्यटन क्षेत्रको विकास तथा गन्तव्य प्रवद्र्धनमा यो रकम खर्चने गरेको छ।

एयर एसियाले पर्यटन सेवा शुल्क बापतको सात करोड २३ लाख रुपैयाँ पर्यटन बोर्डलाई बुझाएको छैन।

पर्यटन बोर्डले पाउने यस्तो रकम हरेक विदेशी नागरिकले नेपालबाट बाहिरिँदा टिकेटमै शुल्क तिरेर जानुपर्ने अनिवार्य व्यवस्था छ। यस्तो रकम सम्बन्धित बायुसेवा कम्पनीले उठाएर मासिक रूपमा बोर्डलाई भुक्तानी गर्ने गरेका छन्। एयर एसियाले यस्तो शुल्क नतिरेपछि बोर्डले गत मंसिर ३ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी गराएको थियो। प्राधिकरणले इन्सेन्टिभ ग्रुपलाई रकम तत्काल चुक्ता गर्न पत्र लेखेपछि उसले रकम छिटो तिर्ने प्रतिबद्धतासहितको पत्र बोर्डलाई पठाएको थियो।

त्यसपछि पनि बोर्डले पटकपटक ताकेता गर्दा इन्सेन्टिभ ग्रुपले बाउन्स चेक दिएर बोर्डलाई झुलाउन थालेको स्रोतले बतायो। इन्सेन्टिभले दिएको तीन लाख, पाँच लाख, सात लाख, आठ लाख गरी पटकपटकको चेक साट्न जाँदा बाउन्स भएको बोर्डले दाबी गरेको छ।

पर्यटन बोर्डले पर्यटन सेवा शुल्क बापत पाउने यस्तो रकम नेपाल आउने पर्यटक बाहिरिँदा प्रतिपर्यटक एक हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ। यस्तो आम्दानीबापत बोर्डले चालु आर्थिक वर्ष २०७४÷०७५ को पहिलो पाँच महिनामा ३६ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ। बोर्डको यस्तो आम्दानी अघिल्लो आब २०७३÷७४ मा ८७ करोड रुपैयाँ थियो। आव २०७२÷७३ मा पर्यटन शुल्क बापत ५७ करोड रुपैयाँ संकलन भएको थियो। हाल बोर्डको खातामा यस्तो शुल्क बापतको रकम ४७ करोड रुपैयाँ मौज्दात रहेको बोर्डले अन्नपूर्णलाई जानकारी दिएको छ।

एयर एसियाको नेपालस्थित जीएसए कम्पनी इन्सेन्टिभ ग्रुपका अध्यक्ष हरिमान लामाले भने, ‘यो विषयमा हामी आफैले चासो लिएर बोर्डलाई सोधेको छौं।' उनले भने, ‘बोर्डले हामीसँग गरेको दाबी र तिर्नुपर्ने रकम फरक पर्‍यो। हामीले तिर्नुपर्ने तीन करोड रुपैयाँ मात्रै हो तर बोर्डले सात करोड दाबी गरेको छ। यो रकम दिर्नुपर्ने दायित्व चाहिँ हाम्रै हो हामी एक साताभित्रै सबै चुक्ता पनि गर्दैछौं।'

लामाका अनुसार बोर्डले अन्तिम समयमा आएर मात्रै एकैपटक यो पैसा तिर्नुपर्ने भनेर देखाएकाले चुक्ता गर्न गाह्रो भएको हो। हामीले पटकपटक गरी पैसा तिरिरहेका छौं। बोर्डमा दिएको चेक बाउन्स भएको विषयमा भने उनले आफ्नो बचाउ गर्दै भने बाउन्स चेक दिएकै छैनौं। मासिक रूपमा हिसाब मिलान गर्दा भएको प्राविधिक त्रुटिले यस्तो भएको हुन सक्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.