नगरपालिकामा आएन जनस्वास्थ्य कार्यालय

नगरपालिकामा आएन जनस्वास्थ्य कार्यालय

 

स्याङ्जा : पुतलीबजार नगरपालिकाको कार्यालयमा प्रतिस्थापन भइसकेको जनस्वास्थ्य शाखा अझै स्वास्थ्य कार्यालयको भवनमा बसेर सेवा प्रदान गर्दै आएको छ। राज्य पुनःसंरचनासँगै सदरमुकाम केन्द्रित सरकारी कार्यालयका काम कारबाही आ-आफ्ना स्थानीय तहबाटै उपलब्ध गराइने भनिए पनि भौतिक संरचना अभावमा पुतलीबजार जनस्वास्थ्य शाखास्थित पुरानै कार्यालयको एउटा कोठामा रहेको छ। नगरपालिकाको सीमित भौतिक संरचनाका कारण सबै शाखा व्यवस्थापन कठिन बनेको हो। नगरपालिकामा बढ्दोे जिम्मेवारी र सबै विषयगत कार्यालय व्यवस्थापन गर्न कोठा अभाव हुँदा सेवा लिन र दिन कठिन बनेको हो।

साउनदेखि सदरमुकामका सरकारी कार्यालयका कर्मचारी शाखा स्थापना गरी नगरपालिकामा हाजिर भएका थिए। नगरपालिका पुगेका कर्मचारीका लागि बस्ने कोठा अभाव भएको छ। ‘एउटा कुरा सोध्नुपरे पनि नगरपालिकामै जानुपर्छ’, जनस्वास्थ्य अधिकृत रामचन्द्र अर्याल भन्छन्, ‘कहिले त दुई÷तीन पटक आउजाउ गर्नुपर्छ।’ अहिले नगरपालिकामा आउने सेवाग्राही पनि अन्योलमा छन्। नगरपालिका कार्यालयबाट पाइने सेवा-सुविधाका लागि फेरि स्वास्थ्य कार्यालयमै आउनुपर्दा अन्योल बढेको सेवाग्राही बताउँछन्।

पुतलीबजार नगरपालिका शाखाका जिल्ला अस्पताल स्याङ्जासहित करेन्डाँडा, पेल्काचौर, सातुपसल, चण्डीकालिका, गणेशपुर, पौवेगौंडे, टक्सार, ठूलाडिही, बहाकोट, कोल्मा स्वास्थ्यचौकी र हिरापाटा तथा आमडाँडा सहरी स्वास्थ्य केन्द्र कार्यक्षेत्र हुन्। नगरपालिकामा जनस्वास्थ्य अधिकृत र एक वरिष्ठ अहेव काजमा खटिएका छन्। ०५३ सालमा स्थापित पुतलीबजार नगरपालिका त्यतिबेलाका लागि पर्याप्त थियो। पुनःसंरचनासँगै स्थानीय तहमै सबै सरकारी कार्यालयको जिम्मेवारी हस्तान्तरण गरिँदा सीमित कार्यालयको व्यवस्थापनमा कठिन बनेको बताउँछिन नगर प्रमुख सीमा क्षत्री। अबका केही महिनामा सबैलाई अटाउने गरी कार्यालय व्यवस्थापनको तयारीमा जुटेको प्रमुख क्षत्रीको भनाइ छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.