धमनी सुन्निएको बिरामीको सफल शल्यक्रिया

धमनी सुन्निएको बिरामीको सफल शल्यक्रिया

काठमाडौं : शरीरभर रगत प्रवाह गर्ने मुख्य नशा (धमनी) च्यातिएरकी बिरामी भोजपुरकी हीरामाया तामाङको सफल शल्यक्रिया गरिएको छ। उनको मिर्गौलामुनिको नशा ७ सेन्टिमिटर फुलेको ओम अस्पतालले जनाएको छ।

अस्पतालका भास्कुलर सर्जन डा.कजनराज श्रेष्ठ नेतृत्वको डाक्टर समूहले ४ घण्टा शल्यक्रिया गरेको थियो। ६० वर्षीया तामाङको मुख्य धमनी (एर्ओटा)को बिग्रेको ३० सेन्टिमिटरजति काटेर कृत्रिम प्रत्यारोपण गरिएको छ। कम्मरसँगै पेट दुखेपछि तामाङलाई अस्पताल भर्ना गरिएको छोरा राजेशले बताए।

यस्तो समस्या सय जनामध्ये एक जनालाई मात्र हुने भास्कुलर सर्जन डा. श्रेष्ठले बताए। उनले भने, ‘एक घण्टामा १२ पिन्ट रगत चढाउनु पर्‍यो।' उनलार्ई डा. उत्तमकृष्ण श्रेष्ठ र डा. दिनेश श्रेष्ठले सघाएका थिए। तामाङको धमनी फुलेको भाग फुटेको भए तत्काल मृत्यु हुने भएकाले तुरुन्त शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

शल्यक्रियामा एनेस्थेसियातर्फ डा.श्यामकृष्ण महर्जनको समूहले नेतृत्व गरेको थियो। ३÷३ महिनामा फलो अप गर्नुपर्ने चिकित्सकले बताए। एक वर्षपछि कृत्रिम धमनीको सिटिस्क्यान गरेर अवस्था हेरिने डा. श्रेष्ठले बताए। शल्यक्रियामा करिब ४ लाख रुपैयाँ लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.