उज्यालो बाँड्न चाहने विशाल मनहरू

उज्यालो बाँड्न चाहने विशाल मनहरू

काठमाडाैं : ११ वर्षको हुँदा सविन बोगटीले आफ्ना अभिभावकलाई देख्न र चिन्न पाए । आमाबुबासँगै साथीभाइ र बाहिरी संसार नियाल्न पाउँदाको खुशीलाई शब्दमा वर्णन गर्न कठिन हुने उनी बताउँछन् । आफूलाई आँखाको नानी (कोर्निया) दान गरेका व्यक्तिप्रति कृतज्ञ छन्, उनी । स्याङ्जा, सेतीदोभानका बोगटी जन्मजात दृष्टिविहीन थिए ।

पाँच वर्षको हुँदा उनी दृष्टिविहीन भएको परिवारले थाहा पायो । तिलगंगा आँखा अस्पतालमा उपचार गर्न आएपछि आँखाको नानी प्रत्यारोपण गर्ने हुटहुटी जाग्यो । ११ वर्षको हुँदा दायाँ र सोह्र वर्षको उमेरमा बायाँ आँखामा नानी प्रत्यारोपण गरे । ‘पहिला सुनेको आधारमा मात्र पढियो,’ पृथ्वीनारायण क्याम्पस पोखरामा बीबीएसमा अध्ययनरत बोगटी भन्छन्, ‘खान/बस्न पनि अरूको सहारा लिनपथ्र्यो । अहिले बाहिरी वातावरणको आनन्द पनि लिइरहेको छु ।’
संसार नियाल्ने पर्खाइमा रहेका दृष्टिविहीनहरूलाई आँखाको नानी दान गर्न चाहनेको संख्या बढिरहेको छ ।

चिकित्सकका अनुसार जन्मजात फुलो परेर वा आँखामा चोट लागेर समयमै उपचार नपाउने र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रेर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो । कैलालीका पत्रकार दुर्गाप्रसाद भण्डारीले पनि आँखा दानमा इच्छापत्र गरेका छन् । ‘मृत्युपछि खेर जाने आँखाको नानी अरू कसैका लागि प्रयोगमा आउनु सत्कर्म हो,’ उनी भन्छन् ।

आँखाको नानी दान गर्न चाहने व्यक्तिका लागि नेपाल आँखा बैंकले सुरु गरेको नानी संकलन र प्रत्यारोपण सेवा वरदान साबित भएको छ । आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायना मृत्युपश्चात् जसरी धार्मिक रीतिरिवाजअनुसार संस्कार गरिन्छ, त्यसरी नै आँखा दानलाई संस्कारका रूपमा स्थापित गराउनुपर्नेमा जोड दिन्छन् । ‘दृष्टिविहीनहरूलाई पुनः दृष्टि प्रदान गर्न आँखा दानलाई संस्कारमा परिणत गर्न सके अझ प्रभावकारी हुन सक्थ्यो,’ उनी भन्छन् ।

आँखा बैंकमा अहिले ७० हजारभन्दा बढी दाताले मृत्युपछि आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्। झन्डै १२ हजार ५ सयले नानी दान प्राप्त गरी पूर्ण दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखाको नानी दान गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।

बैंकमा अहिले ७० हजारभन्दा बढी दाताले मृत्युपछि आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्। झन्डै १२ हजार ५ सयले नानी दान प्राप्त गरी पूर्ण दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखाको नानी दान गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ । नेपालमा झन्डै ९५ हजार व्यक्ति दृष्टिविहीन भएको अनुमान छ ।

सन् १९४० मा रसियाका डा. फिलाटोभलाई मृत शरीरबाट आँखाको नानी प्रत्यारोपण गर्ने कार्यमा पहिलो सफलता मिल्यो । तर, नेपालमा भने प्रत्यारोपण कार्य २०५१ सालदेखि मात्र सुरु भएको हो । अस्ट्रेलियाबाट झिकाइएको आँखाको नानीलाई नेपालमा डा. सन्दुक रुइतले प्रत्यारोपण गरेका थिए । काठमाडौँ, गौशालास्थित तिलगंगा आँखा केन्द्रमा आँखा बैंकको स्थापना भएपछि आँखाको नानी संकलन र प्रत्यारोपणले गति पाएको हो ।

नेपालमा गरिएको एक अन्धोपन सर्वेक्षणले प्रतिसय व्यक्तिमा एक जना व्यक्ति दृष्टिविहीन रहेको जनाएको छ । आँखाको लेन्सको पारदर्शकत्वमा कमी आएर हुने मोतीबिन्दु हो भने आँखाको नानीमा फुलो पर्नु अन्धोपनको दोस्रो प्रमुख कारण हो । नानीमा फुलो पर्‍यो भने त्यसको एक मात्र विकल्प आँखाको नानी फेर्नु हो ।

स्याङ्जाका विदुर लामिछानेको आँखामा रोग लागेपछि नानी चुच्चो बन्दै जान थाल्यो । १४ वर्षको उमेरमै उनको दायाँ आँखाको नानी चुच्चो पर्दै जान थाल्यो । उपचारका क्रममा बेलायतबाट ल्याइएको आधुनिक लेन्स लगाए । र, नानी चुच्चो हुने क्रम रोकिएन । अन्ततः बायाँ आँखाको नानी प्रत्यारोपण गराएका लामिछाने शिक्षक बनेका छन् । ‘आवत–जावत गर्दाको भाडा र अन्य गरेर २५ हजार रुपैयाँ मात्र प्रत्यारोपण गर्दा खर्च लाग्यो,’ २७ वर्षीय भन्छन् ।
आँखा दान गर्न/गराउन सुसूचित गर्ने उद्देश्यले नेपाल आँखा समाजको स्थापना गरिएको छ । यसले मुलुकभर सबै क्षेत्रमा शाखामार्फत आँखा दानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । आँखा बैंकका व्यवस्थापक त्वायनाका अनुसार आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो । तर, हाल मुलुकभित्रबाटै संकलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपलब्ध छ ।

आँखाको नानीमा फुलो परी दृष्टिविहीन भएकाहरूलाई फुलो परेको आँखाको नानी काटेर झिकिन्छ । त्यसको ठाउँमा दाताबाट प्राप्त सफा आँखाको नानी आवश्यकताअनुसार काटेर प्रत्यारोपण गरिन्छ ।

एक दशकदेखि विराटनगर आँखा अस्पतालले पनि नानी प्रत्यारोपण सुविधा दिँदै आएको छ । गत वर्ष मात्र प्रत्यारोपण विशेषज्ञ डा. सञ्जय सिंहले २ सय ३५ जनाको आँखामा नानी प्रत्यारोपण गर्न सफल भएका थिए । ‘जुन अनुपातमा मृत्यु हुन्छ, त्यही अनुपातमा आँखा दान गर्ने हो भने मुलुकबाट अन्धोपन हटाउने प्रयासले सार्थक रूप पाउँथ्यो,’ डा. सिंह भन्छन् ।

त्रिवि, विपी कोइराला लायन्स नेत्र अध्ययन केन्दमा गत वर्ष मात्र आठ सय वटा आँखाको नानी संकलन भएको थियो । अध्ययन केन्द्रकी कोर्निया विभाग प्रमुख डा. मीनु चौधरी दुई दशक अघिसम्म नानी दान गर्ने प्रचलन नै नभएकोमा हाल बिस्तारै दान गर्नेहरूको संख्या बढिरहेकोमा खुशी व्यक्त गर्छिन् । ‘नानी दान गर्नेहरू बढेसँगै आवश्यक उपकरण र दक्ष जनशक्तिको पनि खाँचो रहेको छ,’ उनी भन्छिन् ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्मा आँखा दानको व्यवस्था गर्न युनिट स्थापना गरेको बताउँछन् । मृत्यु भएको आठ घण्टाभित्र खबर भए दृष्टिविहीनहरूलाई पुनः दृष्टि प्रदान गर्न सकिने नानी प्रत्यारोपण विशेषज्ञ डा. लीना वज्राचार्य बताउँछिन् । मुलुकका सरकारी अस्पतालहरूले नानी संकलनमा सहयोग गरिरहेको उल्लेख गर्दै उनी भन्छिन्, ‘सुन्दर संसार सबैले हेर्न पाउनुपर्छ ।’

व्यक्तिगत या सामूहिक तथा संस्थागत रूपमा मरणोपरान्त आँखाको नानी दान गर्न वा गराउन चाहनेले आँखा दानसम्बन्धी इच्छापत्र भर्नुपर्दछ । यसका लागि नेपाल आँखा बैंक, तिलगंगा आँखा प्रतिष्ठान, नानी संकलन केन्द्र, पशुपति भष्मेश्वर घाट तथा आँखा दान समाजमा सम्पर्क गर्नुपर्दछ । तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ आँखा दानप्रति मानिसमा बढ्दै गएको सकारात्मक सोचले ठूलो भूमिका खेलेको बताउँछिन् ।

‘आँखा दानप्रति सकारात्मक सोच बढेको छ,’ उनी भन्छिन्, ‘त्यसैले आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएको छ ।’ ब्रेन हेमरेज भएर छोराको मृत्यु भए पनि मनकुमारी जिसीलाई आफ्नो छोरो जीवित नै भएको महसुस हुन्छन् । ‘मृत्यु त्यसको हुन्छ जसले यस धर्तीमा केही नछोडी जान्छ,’ उनी भन्छिन्, ‘मेरो छोराले त आँखा दान गरेको छ । त्यसैले मेरा लागि ऊ अहिले पनि जीवित नै छ ।’

कसरी हुन्छ प्रत्यारोपण ?
आँखाको प्रत्यारोपण गर्नु भनेको आँखाको डल्लो फेर्ने होइन । आँखाको सबैभन्दा अगाडि बाहिरपट्टि रहेको पारदर्शक झिल्ली अर्थात् नानी मात्र फेर्ने हो । नानी फेर्ने कार्यलाई नै प्रत्यारोपण भनिन्छ । आँखाको नानीमा फुलो परी दृष्टिविहीन भएकाहरूलाई फुलो परेको आँखाको नानी काटेर झिकिन्छ । त्यसको ठाउँमा दाताबाट प्राप्त सफा आँखाको नानी आवश्यकताअनुसार काटेर प्रत्यारोपण गरिन्छ । आँखा दानमा दाताको उमेरले कुनै बाधा गर्दैन । मृत शरीरको आकृति वा चेहरामा कुनै असर नपारी केही मिनेटमै आँखाको नानी झिकिन्छ ।

आँखाको प्रत्यारोपण गर्नु भनेको आँखाको डल्लो फेर्ने होइन । आँखाको सबैभन्दा अगाडि बाहिरपट्टि रहेको पारदर्शक झिल्ली अर्थात् नानी मात्र फेर्ने हो । नानी फेर्ने कार्यलाई नै प्रत्यारोपण भनिन्छ । आँखाको नानीमा फुलो परी दृष्टिविहीन भएकाहरूलाई फुलो परेको आँखाको नानी काटेर झिकिन्छ । त्यसको ठाउँमा दाताबाट प्राप्त सफा आँखाको नानी आवश्यकताअनुसार काटेर प्रत्यारोपण गरिन्छ । आँखा दानमा दाताको उमेरले कुनै बाधा गर्दैन । मृत शरीरको आकृति वा चेहरामा कुनै असर नपारी केही मिनेटमै आँखाको नानी झिकिन्छ ।

आँखा दानको ‘शुभ दिन’

हरिवंश आचार्य, अभिनेता


Hari-Bansha-Acharyaमेरी दिवंगत पत्नी मीरा आचार्यको पनि आँखा दान गर्ने अवसर पाइयो । दुई जना दृष्टिविहीन बालिकाहरूको आँखामा प्रत्यारोपण भयो । दुई जना दृष्टिविहीनलाई दृष्टि दिन सकियो । यो कार्यले पत्नी मीरा अहिले पनि जीवित छिन् जस्तोे लाग्छ ।

मृत्युपछि जलेर, सडेर जाने मृत शरीरमा रहेको नानीको समयमै सदुपयोग गर्नुपर्छ । भौतिक सामग्री धेरैले दान गर्ने गर्छन् । तर, अंगदान सबैभन्दा ठूलो दान हो । मैले पनि सबै अंगदान गरिसकेको छु । अंगदान गरेको दिनलाई शुभ दिन दिन मान्दछु ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.