अनाथ बालबालिकाको निशुल्क उपचार

अनाथ बालबालिकाको निशुल्क उपचार

गौर : रौतहटको गरुडामा रहेको अनाथलयमा एक चिकित्सकले सात वर्षदेखि निशुल्क उपचार सेवा दिँदै आएका छन्। गरुडा नगरपालिका ४ मा रहेको बंशिराम जयसवाल अनाथलयमा चिकित्सक रामभरोस प्रसादले सात वर्षदेखि अनाथलयका बालबालिका तथा सञ्चालक र व्यवस्थापकको निशुल्क उपचार गर्दै आएका छन्।

गरुडामा रहेको अनामिका अस्पताल प्रालिका चिकित्सक प्रसादले अनाथलयमा रहेका ३० जना भन्दाबढी बालबालिकाको नियमितरुपमा निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन्। अनाथलयका सञ्चालक ८४ वर्षीय बंशिराम जयसवाल वृद्ध भएका कारण बिरामी भइरहने हुँदा उनको उपचार तथा स्वास्थ्य परीक्षणमा डा.प्रसाद सक्रिय छन्।

अनामिका अस्पतालले अनाथ बालबालिकाको निशुल्क उपचार गर्दै आएको अनाथलयका व्यवस्थापक हृदयप्रसाद कुश्वाहले बताए। व्यवस्थापक कुश्वाहले भने,जाडो मौषममा बालबालिका बढी बिरामी हुने गरेका छन्, अस्पतालले निशुल्क उपचार गरिदिएर ठूलो सहयोग गरेको छ। चन्दा र दानबाट संचालन हुँदै आएको अनाथलयमा रहेका बालबालिकालाई खान, बस्न र पढ्न पुगे पनि उपचार खर्च अभाव हुने गरेकोमा अस्पतालले निशुल्क सेवा दिएर सहयोग गरेको गरुडाका सामाजिक अभियन्ता संजय साहले बताए।

डा.प्रसादले बेलाबेलामा अनाथलयमा नै पुगेर बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधी दिने गरेका छन्। जाडोको मौषममा अनाथलयका बालबालिकामा रुघाखोकी, ज्वरो आउने समस्या बढी रहेको उनको भनाइ छ।आमाबाबु नभएका बालबालिकालाई पालन पोषणदेखि शिक्षासमेत दिइरहेको अनाथलयलाई थौरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको डा.प्रसादले बताए।

८४ वर्षीय वृद्ध जयसवालले करोडौ मुल्य पर्ने जमिनमा अनाथलय संचालन गरेका हुन्। २०५७ सालमा स्थापना भएको उक्त अनाथलयबाट आमाबुवा नभएका दुई सय ७० भन्दा बढीले एसएलसी उतिर्ण गरिसकेका छन्। ५० जनाभन्दा बढीले उच्च शिक्षा हांसिल गरी विभिन्न क्षेत्रमा कार्यरत छन्। अहिले अनाथलयमा ३० जना बालबालिका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.