मौसमी रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्दै

मौसमी रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्दै

कालिकोट  : कालिकोटमा मौसमी रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जिल्लाको पचाल झरना, पलाता र नरहरीनाथ गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.कोशल अलीले बताए ।

भाइरल नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरेर गाउँमा स्वास्थ्यकर्मी सहित घुम्ती शिविर सञ्चालनमा ल्याइएको बताउँदै उनले भने, ‘पछिल्लो समय अत्यधिक चिसोसँगै गाउँमा भाइरल ज्वरोको प्रकोप बढेपछि घुम्ती शिविरमार्फत् उपचार गरिरहेका र्छौ । हामीसँग औषधिको कमी छैन । स्वाथ्यकर्मीलाई शिविरमा खटाएका छौ ।’

जिल्लाको पचाल झरना गाउँपालिकामा महामारीकै रुपमा भाइरलको प्रकोप देखिएको स्वास्थ्य चौकी नानीकोटका इन्चार्ज जन्मऋषि न्यौपानेले जानकारी दिए। भाइरल ज्वरोबाट धेरैजसो बालकालिका र वृृद्धवृद्धा संक्रमित भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.