जनशक्ति अभावमा एक्सरे मेसिन थन्कियो

जनशक्ति अभावमा एक्सरे मेसिन थन्कियो

बैतडी : जिल्लाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन जडान भएको पाँच महिना बढी भइसकेको छ। तर एक्सरे मेसिन सञ्चालन गर्ने जनशक्ति अभावमा अहिलेसम्म सेवा सुरु गर्न सकिएको छैन। एक्सरे सञ्चालन गर्ने रेडियोग्राफर नहँदा एक्सरे मेसिन सञ्चालनमा नआएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका एचए लोकेन्द्र ऐरले बताए। उनले भने, ‘पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन आएको पाँच महिना बढी भइसकेको छ। तर एक्सरे सञ्चालन गर्ने जनशक्ति नहुँदा त्यत्तिकै थन्किएको छ। न बाहिरबाट प्राविधिक पठाइएको छ न भित्रका स्टाफहरूलाई तालिम दिइएको छ।'

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रलाई प्राप्त भएको एक्सरे जनशक्तिको अभावमा सञ्चालनमा नआउँदा बिमितहरूलाई समेत समस्या भएको छ। ‘स्वास्थ्य बिमा गरेका बिरामीहरू सेवा लिन आउँछन्। समान्य चोटपटक लागेका बिरामीहरू पनि आउँछन्। एक्सरे मेसिन सञ्चालन गर्ने जनशक्ति नहुँदा उनीहरूलाई बाहिर पठाउन बाध्य छौं।' ऐरले भने, ‘मेसिन नभए त मेसिन छैन भनेर चित्त बुझाउन हुन्थ्यो तर मेसिन भएर पनि सेवा प्रदान गर्न सकिरहेका छैनौं।'

गत मंसिरमा जिल्लाको सुर्नया ६ का नारद अवस्थीको छोरीको लडेर हात भाँचियो। उनले छोरीको उपचारका लागि डडेल्धुरा जानुपर्‍यो। ‘पाटनमै मेसिन आएको छ भन्ने कुरा सुनेका छौं। मेसिन सञ्चालन गर्ने जनशक्ति छैन भन्ने पनि सुनियो। त्यसपछि छोरीलाई डडेल्धुरा लगें।' उनले भने ‘पाटनमै एक्सरे सेवा सुरु भएको भए हामीलाई सजिलो हुन्थ्यो।'

नारद जस्तै सेवा लिने सैयौं बिरामीलाई फर्काउनु परिरहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। ‘सामान्य चोटपटक लागेको भए पनि जिल्ला अस्पताल र उपक्षेत्रीय अस्पताल डडेल्धुरा रेफर गर्न बाध्य भएका छौं।' ऐरले भने।

उता केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन पनि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएको छ। ‘मेलौली एक्सरे आएको कागज मात्रै पुगेको छ, मेसिन पुगेको छैन।' केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका एचए मुकेश दयालले भने, ‘एक्सरे मेसिन आए पनि एक्सरे सेवा सञ्चालन गर्ने जनशक्ति छैन।'

स्वास्थ्य बिमा कार्यक्रमले बैतडीको हकमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ। स्वास्थ्य बिमाअन्तर्गत एक्सरे सेवासमेत राखिएको छ। तर जनशक्ति अभावमा सेवा सुरु हुन सकेको छैन। ‘बिमित मात्रै हैन, एक्सरे मेसिन सञ्चालनमा ल्याउनसके सबैलाई राम्रो हुन्थ्यो। सानो चोटपटक लागेमा बाहिर रेफर गर्नुपर्ने हाम्रो बाध्यता पनि हट्थ्यो।' उनले भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.