भाइरल ज्वरोबाट मर्नेको संख्या पाँच पुग्यो

भाइरल ज्वरोबाट मर्नेको संख्या पाँच पुग्यो

बाजुरा : बाजुराको पाण्डवगुफा गाउँपालिकामा फैलिएको भाइरल ज्वरोका कारण मर्नेको संख्या पाँच पुगेको छ । बिहीबार बिहान वडा नम्बर २ थुपा नाथको मृत्यु भएसँगै मर्नेको संख्या पाँच पुगेको वडाध्यक्ष कर्णबहादुर विष्टले बताए ।

विष्टका अनुसार पाण्डवगुफामा भाइरल ज्वरोका कारण कर्ण शाही, मन विष्ट, सुपारी विष्ट र बना विष्टको मृत्यु भइसकेको छ । अहिले सबै वडामा भाइरल ज्वरोको संक्रमण फैलिएकोले बिरामीको संख्या बढिरहेको वडा नम्बर एकका अध्यक्ष रामलाल बोगटीले बताए ।

स्वास्थ्यकर्मीले मौसमी रुघाखोकी बताउने गरेको भाइरल ज्वरोको प्रभाव बाजुराका स्वामीकार्तिक र हिमाली गाउँपालिकामा समेत देखिएको छ । पाण्डवगुफा गाउँपालिकाका स्वास्थ्य प्रमुख पारस शाहीले भाइरल प्रभावित क्षेत्रमा औषधिसहितको टोली खटाएको जानकारी दिए ।

उनले भाइरल ज्वरोले दीर्घ रोगीलाई बढी असर गर्ने भएकाले झोलीलो खानेकुरा खान र चिसोमा बाहिर ननिस्किन सुझाव दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.