कांग्रेस–मधेसीबीच तालमेलको तयारी

कांग्रेस–मधेसीबीच तालमेलको तयारी

काठमाडौं : कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानीसमेत गरिसकेका छन् ।

मधेसी गठबन्धनसम्बद्ध स्रोतका अनुसार देउवाले ठाकुर र यादवसँग राष्ट्रियसभामा सँगै जानसक्ने सम्भावनाका बारेमा छलफल गरेका थिए । ठाकुर र यादवले भने अहिल्यै निर्णय गर्नु हतारो हुने भन्दै समय आएपछि यस विषयमा छलफल गर्ने आश्वासन दिएका थिए । ‘अहिले नै हामी ठोस निष्कर्षमा पुगिसकेका छैनौं’, यादवले अन्नपूर्णसँग भने, ‘समय आएपछि सबै कुरामा विचार हुन सक्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका लोकतान्त्रिक गठबन्धन बनाएका कांग्रेस र मधेसी पार्टीले परिपक्व तालमेल गर्न सकेनन् । तर, कांग्रेसले ठाकुर र यादव उम्मेदवार भएको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।

कांग्रेस नेता बालकृष्ण खाँणले पनि राष्ट्रियसभामा मधेसी दलसँग मिलेर जाने तयारी भइरहेको बताए । ‘यसबारेमा अहिले नै ठ्याक्कै यही हो भन्न नसकिए पनि पुनर्विचारचाहिँ पक्कै हुन्छ’, खाँणले अन्नपूर्णसँग भने ।

यस्तै सम्भावना मधेसी गठबन्धनका नेताहरुले पनि औंल्याएका छन् । गठबन्धनका एक शीर्ष नेताका अनुसार प्रदेश २ मा समेत सरकार बनाउँदा कांग्रेसलाई समेट्ने कि भन्ने मोडेलमा गठबन्धनभित्र छलफल प्रारम्भ भएको छ । ती शीर्ष नेताका अनुसार मधेसी गठबन्धनले प्रदेश २ मा बहुमत ल्याए पनि कांग्रेसलाई समेटेको खण्डमा प्रदेशसभामा प्रतिपक्षी कमजोर हुनसक्ने आंकलनसहित कुराकानी अगाडि बढेको छ ।

आगामी माघ ७ देखि राष्ट्रियसभा निर्वाचन कार्यक्रम सुरु हुँदै छ । दलहरूले १० गते उम्मेदवारको मनोनयन गराउनुपर्ने छ । तर कांग्रेस नेताहरू प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सकिएपछि मात्रै यस विषयमा छलफल गर्ने सुरमा छन् । राष्ट्रियसभा निर्वाचनको रणनीति कांग्रेस कार्यसम्पादन समिति बैठकले तय गर्ने नेता खाँणले बताए । ‘भर्खरै आयोगले कार्यतालिका सार्वजनिक गरेको छ’, उनले भने, ‘अब यसबारेमा पार्टीभित्र छलफल गर्न सम्भवतः सभापतिज्यूले कार्यसम्पादन समिति बैठक बोलाउनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.