स्वास्थ्य संस्थामा औषधि अभाव

स्वास्थ्य संस्थामा  औषधि अभाव

डडेल्धुरा : पछिल्लो समय जिल्लाभरिका स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ। स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भएपछि जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो। सरकारले तोकेका ३२ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण डडेलधुराका स्वास्थ्य संस्थामा औषधि अभाव हुन भएको हो।

स्थानीय तहले औषधि खरिद गर्न आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएको छ। अहिले ती संस्थामा सिटामोलसमेत पाउन छाडेको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी बताउँछन्। जिल्लाको अजयमेरु गाउँपालिकाको समैजी स्वास्थ्य चौकी, परशुराम नगरपालिकाका साँदनी स्वास्थ्य चौकी, जोगबुढा अस्पताल, परीगाउँ स्वास्थ्य चौकी, रुपाल स्वास्थ्य चौकी, बगरकोट स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो। यस्तै अमरगढी नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूमा पनि औषधि अभाव रहेको नगरपालिका स्वास्थ्य प्रमुख गणेश विष्टले जानकारी दिए।

‘स्थानीय तहमा हस्तान्तरण हुनुअघि पनि औषधि अभाव हुन्थ्यो, तर अहिले झनै अन्योल भएको छ', भागेश्वर गाउँपालिका रुपाल स्वास्थ्य चौकीका इन्चार्ज भरत कठायतले बताए। ‘स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित नगर र गाउँपालिकाले स्वास्थ्य चौकीको जिम्मेवारी लिनुपर्छ,' जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृष शाहीले भने, ‘जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको जिम्मेवारी सम्बन्धमा सरकारले प्रस्ट पारिदिए स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ।'

जिल्लामा दुई नगर र पाँच गाउँपालिका गरी सात स्थानीय तह छन्। ती सबै स्थानीय तहका स्वास्थ्य केन्द्रमा सिटामोलसमेत नरहेको स्थानीयबासी बताउँछन्। गाउँमा औषधि पसलसमेत नहुँदा सामान्य औषधि खरिद गर्न पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको सञ्चारकर्मी लक्ष्मी पनेरूले बताए।

यस्तै जिल्लाकै दुर्गम रुपाल गाउँपालिका १ लेकुडामा औषधि नआएका कारण आफूले औषधि नै नपाएको लेकुडाका स्थानीयबासी गणेश जोशीले गुनासो गरे। ‘हामीलाई स्वास्थ्य चौकी पुग्न निकै गाह्रो छ। वडा कार्यालय जाँदा पनि औषधि पाइँदैन,' जोशी भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.