देउवालाई प्रचण्डका चार आरोप

देउवालाई प्रचण्डका चार आरोप

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सरकारबाट बाहिरिदै गर्दा बुझाएको पत्रमा आरोप लगाएका हुन्।

निर्वाचन सम्पन्न भएर ताजा जनादेशसमेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाट नयाँ जनादेश अनुरुप सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको पहिलो आरोप प्रचण्डले देउवालाई लगाएका छन्।

पत्रमा प्रधानमन्त्री देउवालाई नयाँ सरकार गठनको लागि अविलम्ब पहल गर्नु पर्ने त्यसमा ठोस कदम नचाली ढिलासुस्ती गरेको भन्दै आलोचनासमेत गरिएको छ। देउवा सरकारले राजस्व दुरुपयोग गरेको, काम चलाउनु सरकारले गर्न नमिल्ने नियुक्तिलगायतका अतिरिक्त निर्णय गरेको आरोप राजीनामा पत्रमा रहेको छ। सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजिकरणको लोकतान्त्रिक भूमिका निर्वाह गर्ने अपेक्षा माओवादीले गरेको छ।

राजीनामा पत्रमार्फत् प्रचण्डले विनाविभागीय भएर चार महिनासम्म चुनाव सफल बनाउन सरकारमै रहेको स्पष्टिकरण दिएका छन्। असोज १७ गते एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि देउवाले माओवादी मन्त्रीलाई जिम्मेवारी बिहिन बनाएका थिए। वाम तालमेल गरेर चुनावमा सहभागी भएका एमाले र माओवादी अहिले पार्टी एकताको गृहकार्यमा छन्।
देउवामाथि प्रचण्डका चार आरोप
-जनादेशको सम्मान नगरेको,
-सरकार छाड्न ढिला सुस्ती गरेको,
-राजश्वको व्यापक दुरुपयोग गरेको,
-काम चलाउ सकारले दीर्घकालीन निर्णय गरेको।Image may contain: 3 people, text

माओवादीका मन्त्रीकाे सामूहिक राजीनामा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.