नगर परिषद्‍मा उपेन्द्र यादव

नगर परिषद्‍मा उपेन्द्र यादव

राजविराज : राजविराज नगरपालिकाले आर्थिक वर्ष २०७४-०७५ का लागि ५८ करोड ७२ लाख ७४ हजार आठ सय ७२ को आयव्यय बजेट प्रस्तुत गरेको छ।

राजविराज नगरपालिकाको शुक्रबार आयोजित प्रथम नगरसभा कार्यक्रममा नगर प्रमुख शम्भुप्रसाद यादवले आयव्यय प्रस्तुत गर्दै आन्तरिकतर्फ एक करोड ८९ लाख २१ हजार आठ सय ७२ तथा बित्तीय समानीकरण अनुदानतर्फ २७ करोड ८६ लाख ४९ हजार, विषयगत सशर्त अनुदानमा. १७ करोड, सडक बोर्ड, एलजीसीडीपी, सामाजिक सुरक्षा, बहुक्षेत्रीय पोषण, युनिसेफ, संसद कोष, विद्यायक कोष, प्रदेश कोषबाट ११ करोड ९७ लाख चार हजार आय अनुमान गरेका छन्।

राजविराज नगरलाई स्मार्ट सिटीका साथै एक शहर-एक रंगअन्तर्गत गुलावी शहर बनाइने अवधारणा लिएको प्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बजेट मन्तव्यमा उल्लेख छ। नगरभित्रका बिग्रीएका सडकहरुको तत्काल मर्मतका लागि विशेष कार्यदल गठन गरी तुरुन्त मर्मत गरिने नीति लिएको भन्दै उनले नगरभित्रको अतिक्रमण, अव्यवस्थित जग्गा प्लानिङलाई व्यवस्थित गर्ने बताए।

सडक तथा सेवा प्रवाहका लागि कार्यालय भवनको पूर्वाधार निर्माण र स्तरोन्ती, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, फोहरमैला व्यवस्थापन, वातावरण संरक्षण, रोजगारीको अवसरको सिर्जना, संस्थागत क्षमतामा बृद्धि, सेवा प्रवाहमा प्रभावकारिता र सुशासनलाई आर्थिक वर्षको प्राथमिकतामा राखेको उनले बताए।

कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव, प्रदेश सभा सदस्य शैलेन्द्रप्रसाद साह, मनिष सुमन, उपप्रमुख साधना झा, संघीय समाजवादी फोरमका उपाध्यक्ष रेणुकुमारी यादव, राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, पूर्व प्रमुखहरु गोविन्द सिंह र शैलेश चौधरीलगायतका शुभकामना मन्तव्य व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.