स्वास्थ्य चौकीमै बस्दैनन् स्वास्थ्यकर्मी

स्वास्थ्य चौकीमै बस्दैनन् स्वास्थ्यकर्मी

मुगु :  जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले दिने तालिम, सेमिनारलगायतमा भाग लिन स्वास्थ्य चौकी नै रित्याएर जिल्ला सदरमुकाम र जिल्लाबाहिर जान थालेपछि जिल्लाका ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन हुन थालेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय र अन्य निकायले आयोजन गर्ने तालिम तथा सेमिनारमा भाग लिन र ‘घरबिदा’ भन्दै आफू कार्यरत स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी हिँड्न थालेकाले जिल्लाका खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन भएका हुन्।

जिल्लाको पश्चिम खत्याड गाउँपालिका १० ह्याङ्लुस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि स्थानीयबासी स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।। स्वास्थ्य चौकीमा चार जनाको दरबन्दी भए पनि अहिले एक जना स्वास्थ्यकर्मी पनि नहुँदा स्थानीयबासीले सामान्य सिटामोलसमेत पाउन नसकेका स्थानीय किसनलाल रोकायाले जानकारी दिए।

उक्त स्वास्थ्य चौकीका इन्चार्ज एचए जनक बिक, अहेब टक्कबहादुर डाँगर, अहेब भावना कार्की र अनमी केपकुमारी चन्द (चारै जना) स्वास्थ्य चौकीमा नभेटिएका स्थानीयले बताएका छन्। मुगुम कार्मारोङ गाउँपालिकाको डोल्पु, किम्री स्वास्थ्य चौकीसमेत लामो समयदेखि बन्द रहेको त्यहाँका स्थानीयले बताएका छन्।


स्वास्थ्य संस्थामा कार्यरत कर्माचारी तालिम र घरबिदामा हिँडेपछि स्थानीयबासीले सामान्य उपचारसमेत पाउन सकेका छैनन्।

कार्यालय सहयोगीले स्वास्थ्य चौकी खोल्ने भए पनि गाउँपालिकाले औषधि खरिदसमेत नगरिदिँदा सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन्। स्वास्थ्य संस्थामा कार्यरत कर्माचारी तालिम र घरबिदामा हिँडेपछि सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका केही स्वास्थ्य संस्थामा ‘फेज नेपाल’ नामक गैरसरकारी संस्थाले साताको तीन दिन औषधि वितरण गर्ने गरेको स्थानीयले बताएका छन्। खत्याड गाउँपालिकाको ह्याङ्लु, रिगा, सेई, डुमाना, बिनागाउँ र छिमेकी बाजुरा जिल्लाका सेवाग्राही आउने भए पनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार नपाएर फर्किने गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयले बेलाबेलामा औषधि पठाउने, कर्मचारी नियमित गराउने र थप औषधिको व्यवस्था गर्ने जिम्मा तथा अधिकार सबै गाउँपालिका र वडामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख सुरज गरौंले जानकारी दिए। स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नरहेको विषयमा आफूलाई कसैले जानकारी नगराएको कारण यस विषयमा थप बुझेर कारबाही गरिने उनले बताए।

अहिले जनप्रतिनिधि जिल्लाबाहिर रहेका तथा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी तथा औषधि अभावलाई समाधान गर्ने भन्ने विषयमा आफूलाई गाउँपालिकाले कुनै जानकारी नदिएको खत्याड गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख पञ्चलाल बुढाले जानकारी दिए। स्वास्थ्य, कृषि, पशु, शिक्षालगायत क्षेत्रमा गरिएको बजेट विनियोजनबारे पनि थाहा नभएको तथा गाउँपालिकामा बैंक नभएकाले बजेटसम्बन्धी सबै काम सदरमुकामको सम्पर्क कार्यालयमा हुने बुढाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.