कांग्रेस सरकार छाड्न आतुर छ : सिंचाई मन्त्री

कांग्रेस सरकार छाड्न आतुर छ : सिंचाई मन्त्री

बर्दिया : सिंचाई मन्त्री सञ्जयकुमार गौतमले नेपाली कांग्रेस सरकार छाड्न आतुर रहेको बताएका छन् । कानुनी प्रक्रिया पुर्याई जतिसक्यो चाँडो आफूहरु सरकारबाट बाहिरिन तम्तयार रहेको उनको प्रष्ट पारे ।

बर्दियाको बा¥हबर्दिया नगरपालिकास्थित जयनगर बजारमा नेपाली कांग्रेसले आयोजना गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान संगीतिक कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री गौतमले यतिखेर अनावश्यक बखेडा गर्ने समय नभएकाले प्रदेश प्रमुखलगायत अस्थायी मुकामको टुङ्गो लगाउनु पर्ने बताए ।

देशकै संवेदनशील अवस्थामा जिम्मेवार दलले अनावश्यक उल्झनसहितका मुद्दा ल्याउन नहुने मन्त्री गौतमको जोड छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको पक्षमा अगाडि बढेको अवस्थामा राजनेताको भूमिका खेल्न नसकेको आरोप उनको छ ।

स्थानियतह, प्रदेश तथा प्रतिनिधिसभा तिनै तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा केही कानुनी जटिलताले आफूहरु सरकारमा बस्नुपरेको बताउँदै प्रकृया पुर्याएर सरकार छाड्न नेपाली कांग्रेस आतुर रहेको उनको भनाइ थियो ।

कांग्रेस सरकारमा रहेपनि नरहे पनि समृद्ध बर्दिया बनाउने अभियानमा आफू निरन्तर लागिरहने उनले प्रतिबद्धता व्यक्त गरे । बर्दियामा बबई, कर्णाली नदीबाट प्रशस्त सिचाई सुविधा उपलब्ध गर्दे बर्दियालाई कृषि उपजले भरिपूर्ण बनाउने लक्ष्य रहेको उनलेब बताए । जिल्लामा विकासका धेरै सम्भावनाहरु रहेकाले यहाँको सडक, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा ५ वर्ष भित्र आमूल परिवर्तन गर्ने मन्त्री गौतमले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बर्दिया, कैलाली, कञ्चनपुरबाट आएका ५० वटा थारु गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । स्थानीलगायत दर्शकहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा हजारौं संगीत प्रेमीको सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.