नबिल बैंकद्वारा न्यानो लुगा वितरण

नबिल बैंकद्वारा न्यानो लुगा वितरण

महेन्द्रनगर :  नबिल बैंक महेन्द्रनगर शाखाले कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामा न्यानो लुगा वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी नबिल बैंक महेन्द्रनगर शाखाले शितलहर प्रभावित क्षेत्रमा न्यानो लुगा वितरण गरेको हो ।

यहाँ रहेका अति विपन्न ५० परिवारलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ । नबिल फाउन्डेसनद्धारा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शित लहर प्रभावित क्षेत्रमा न्यानो लुगा वितरण गरिएका बैंकका कर्मचारी देवेन्द्र केसीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरसंगको सहकार्यमा न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ । खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा अति विपन्न परिवारलाई न्यानो लुगा वितरण गरिएको हो ।

नबिल फाउन्डेसनले कम्बल, म्याट, न्यानो टोपी तथा चाउचाउ र विस्कुट लगायतका सामाग्रीहरु वितरण गरेको हो । भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथको अध्यक्षतामा भएको कार्यक्रममा नबिल बैंक महेन्द्रनगरका शाखा प्रबन्धक संजीब पाण्डे , नेपाल रेडक्रस कञ्चनपुरका उप–सभापति नरबहादुर राना , उपमन्त्री मञ्जु दाहाल,रुप बहादुर कठायत लगायत नबिल बैंक महेन्द्रनगर शाखाका कर्मचारीहरु, विपत व्यवस्थापनका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापनका अध्यक्ष र लक्षित समुदायको सहभागिता रहेको थियो ।

न्यानो लुगा वितरण कार्यक्रममा सहभागीहरुले नबिल फाउन्डेसनले तराईको कठङग्रिदो जाडोको बेला न्यानो लुगा वितरण गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । नबिल फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा सामाजिक कार्यमा सहयोग उपलब्ध गराउदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.