आगोले जलेर एक घाइते

आगोले जलेर एक घाइते

विराटनगर :  मोरङको बुढीगंगा गाउँपालिका ४ पोठियाका अब्दुल पासवानकी श्रीमती २० वर्षीय यशोदा पासवान आगोले जलेर गम्भीर घाइते भएकी छन्। इलाका प्रहरी कार्यालय नेमुवाका अनुसार जाडो भगाउन घुर बालेर आगो ताप्ने क्रममा सलबाट यशोदाको शरीरमा शनिबार साँझ ७ बजे आगो सल्किएको थियो। प्रहरी नायव निरीक्षक टंक कोइरालाका अनुसार आगोले उनको कम्मरमुनीको भाग जलेको छ। यशोदालाई नोवेल मेडिकल कलेजमा भर्ना गरिए पनि उपचार सम्भव नभएपछि राति नै थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ।

त्यस्तै मोरङको बेलबारी नगरपालिका ९ भक्का चोकका ५४ वर्षीय ईश्वरचन्द्र विश्वासको घरमा शनिबार राति आगलागी भएको छ। आगलागीबाट भान्सा घर तथा गाई गोठ पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसार राति ९ बजेतिर बालेको घुरबाट लागेको आगोले भान्छा कोठा, गोठ, पराल, र फर्निचरसमेत जल्दा दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ। प्रहरी र स्थानियबासीको सहयोगमा आयो नियन्त्रणमा लिइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.