कुडारी स्वास्थ्य चौकीमा निशुल्क ल्याव सेवा

कुडारी स्वास्थ्य चौकीमा निशुल्क ल्याव सेवा

जुम्ला : तिला गाउँपालिका ३ मा रहेको कुडारी स्वास्थ्य चौकीले निशुल्क ल्याव सेवा संचालनमा ल्याएको छ। स्थानीय स्वास्थ्य चौकीबाटै निशुल्क ल्याव सेवा पाउने भएपछि बिरामीले राहतको महशुस गरेका छन्। यसअघि बिरामीलाई ल्याव सेवा लिन सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जानुपर्ने वाध्यता थियो। गाउँकै स्वास्थ्य चौकीबाट ल्याव सेवा पाउने भएपछि स्थानियबासीले राहतको महशुस गरेका हुन्।

पिसाब पोल्ने समस्याबाट पीडित तिला गाउँपालिका ३ की बिमला शाही चिसोका कारण रुघखोकीले सताए पछि गत शुक्रबार कुडारी स्वास्थ्य चौकीमा पुगिन्। स्वास्थ्य चेकजाँचपछि रुघाखोकीको औैषधि लिएर फर्किने क्रममा उनले अहेबलाई पिसाब पोल्ने समस्याबारे बताइन्। अहेबले ल्याव सेवा संचालन भएको बताएपछि उनले त्यही स्वास्थ्य जाँच पनि गराइन्।

उनले अन्नपूर्णसँग भनिन्, ‘ प्रत्येक महिना सदरमुकाम गएर पिसाब चेक गराउँदै आएकी थिँए। यसले मलाई आर्थिक खर्च बढाएको थियो, अब घर नजिकै स्वास्थ्य चौकीमा ल्याव सेवा लिन पाउने भएपछि सहज मात्र होइन्, समय र आर्थिक बचतमा सहयोग पुग्नेछ’।

स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएको थाहा पाएपछि तिला ३ की देवीकन्या भट्राई हतारले सेवा लिन स्वास्थ्य चौकीमा पुगिन्। सेवा पाएपछि उनले भनिन्, ‘पहिले सदरमुकाम जान बिहानैदेखि हिड्नु पर्थ्येा। तैपनि समयमै पुगिदैन थियो। समयमै नपुगेपछि चेकजाँच नहुने र खर्च पनि दोब्बर लाग्थ्यो। उनले भनिन्, 'अब त्यो समस्याबाट छुटकरा पाइनेभयो।'

बिहान १० देखि बेलुकी ५ बजेसम्म सहजैरुपमा स्वास्थ्य चौकीबाट ल्यावसँगै अन्य सबै खाले सेवा पाइएको स्थानीय कर्ण हमालले बताए। उनले पनि स्वास्थ्य चौकीको ल्यावबाट रगत जाँच गराएका छन्।

ल्याव सेवाबाट अबदेखि गाउँमै दिशा पिसाब तथा रगत चेकजाँच गर्न पाइने भएपछि सामान्य आयस्तर भएकालाई केही राहत मिलेको छ। जुम्लाका ३० स्वास्थ्य चौकी र कर्णालीका सबै दुर्गम स्वास्थ्य चौकीमध्ये गाउँमै ल्याव सेवा संचालन गर्नेमा कुडारी स्वास्थ्य चौकी पहिलो हो।

रगतमा समस्या, दिशा, पिसाब, तथा मृगौलामा समस्या भएका दर्जनौ बिरामी ल्याव सेवाबाट लाभान्वित भएको स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए। उनका अनुसार राष्ट्रीय ल्याव सेवा टेकु काठमाडौंको ४ लाख र तिला गाउँपालिकाको १ लाख गरी ५ लाखको लागतमा ल्याव संचालनमा आएको हो।

जुम्लामा खोला नालाको पानी बढी प्रयोग हुने भएकाले पिसाब सम्बन्धीका बिरामी बढिरहेको उनले बताए। अहिले ल्यावमा निशुल्क चेकजाँच गरिँदै आएको र नाम लेखाउन २० रुपैयाँ लाग्ने गरेको उनले बताए।

घर नजिकै सबै प्रकारका सेवा लिन पाउँदा पैसा तिर्न बिरामी मन्जुर देखिए पनि स्थानीयलाई सेवा निशुल्क दिन खोजिएको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष कालिबहादुर रावतले बताए। गाउँपालिका अध्यक्ष रतनाथ योगीले केही समयपछि कुडारी स्वास्थ्य चौकीबाटै विशेषज्ञ सेवा संचालन गर्ने लक्ष्य राखिएको जानकारी दिए।

उनले भने, ‘अहिले गाउँपालिकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रयाप्त लगानी गर्न सकेको छैन, तर आगामी वर्षमा भने यसतर्फ विशेष ध्यान दिनु जरुरी छ। अन्य सेवा तथा विकास निमार्णबाट पछि परेको कुडारीमा सुरु भएको ल्याव सेवाले स्थानीयलाई सिहं दरबारको अधिकार गाउँ छिर्दै गरेको अनुभुति भएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.