जिल्ला फुटबल संघ सिन्धुलीको अध्यक्षमा देवकोटा

जिल्ला फुटबल संघ सिन्धुलीको अध्यक्षमा देवकोटा

सिन्धुली : जिल्ला फुटबल संघ सिन्धुलीको अध्यक्षमा लच्छु देवकोटा पुनः चारवर्षे कार्यकालका लागि सर्वसम्मतले निर्वाचित भएका छन्। अखिल नेपाल फूटबल संघ (एन्फा) को केन्द्रिय सदस्य नेपाल कार्कीको प्रमुख आथित्यमा सिन्धुलीमाढीमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले देवकोटाको अध्यक्षतामा आगामी ४ वर्षका लागि १३ सदस्यीय कार्य समिती गठन गरेको छ।

उपाध्यक्षमा विजय कुवर, अति प्रवल घिमिरे, सुर्यबहादुर थापा मगर(सुरेस), महासचिवमा निर्मलथापा मगर, कोषाध्यक्षमा उत्पल खडका रहेका छन्। सदस्यमा धनमान तामाङ्ग, मनोज श्रेष्ठ, सुरज मिश्र (शेखर), विष्णु बस्नेत, पवन बस्नेत, रबिन्द्र माझी, विष्णु ढकाल र शन्तोषी पहरी रहेका छन्।

सर्बसम्मत निर्वाचित जिल्ला फुटबल संघका अध्यक्ष देवकोटाले जिल्लाको फुटबल विकासमा आफूले सक्दो सहयोग गर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.