एमाले-माओवादी कार्यदल बैठक : मुख्यमन्त्रीमा कुरा मिलेन

एमाले-माओवादी कार्यदल बैठक : मुख्यमन्त्रीमा कुरा मिलेन

काठमाडौं : एमाले र माओवादीको संयुक्त कार्यदलको बैठकमा कुन पार्टीले कति मुख्यमन्त्री पाउने भन्ने विषयमा छलफल भएको छ। आइतबार सिंहदबारमा बसेको बैठकमा माओवादीले प्रदेश ६ र ७ को मुख्यमन्त्रीको दाबी गरेपछि मुख्यमन्त्रीमा कुरा नमिल्ने देखिएको छ।

आइतबारको बैठकमा माओवादी र एमालेबीच मुख्यमन्त्रीको दाबी अगाडि सारेका हुन्। प्रदेश ६ र ७ मा मुख्यमन्त्री आफ्नो पार्टीबाट हुनु पर्ने माओवादीले प्रस्ताव अगाडि सारेको कार्यदलका एक सदस्यले अन्नपूर्णलाई जनकारी दिए।

एमाललेले अन्य पाँच प्रदेशको मुख्यमन्त्री छोड्न नसक्ने बैठकमा प्रस्ताव राखेका छ। तर, प्रदेशका मुख्य मन्त्रीको विषयमा सामान्य छलफल भए पनि राष्ट्रिय सभाको उम्मेदवार मनोयनपछि मात्रै त्यस विषय टुंग्याउन कार्यदलका सदस्यले सहमति गरेका छन्। माओवादीले दुई मुख्यमन्त्रीमा दाबी गर्ने र एमालेले पाँच मुख्यमन्त्रीको अडान नछोड्ने हो भने सहमति नजुट्ने देखिन्छ। प्रदेश २ मा मधेसी दलले सरकार बनाउने पक्का देखिएको अवस्थामा एमाले र माओवादीले ६ वटा प्रदेशमा सहमति खोज्नुपर्ने छ।

राष्ट्रिय सभाको उम्मेदवार चयन तथा प्रदेश सभाको सरकार गठनका लागि बनेको संयुक्त कार्यदलको दोस्रो बैठकले राष्ट्रिय सभाको उम्मेदवार छनोट टुंग्याउने विषयमा भने निर्णय गरेको छ।

बैठकले राष्ट्रिय सभाका लागि उम्मेदवार छनोट गर्नु अगाडि दलगत मत भारको स्थिति बारे छलफल गरेको हो। स्थानीय तहमा दलले प्राप्त गरेको परिणामको आधारमा नै सिट बाँडफाँट गर्ने विषयमा कार्यदल सदस्यबीच मोटामोटी सहमति भएको छ।

आइतबारको बैठकमा कार्यदलका सबै (छ सदस्य) सदस्य सहभागी थिए। बैठकमा स्थानीय तहमा दलगत रुपमा प्राप्त स्थितिको बारेमा छलफल भएको त्यस आधारमा उम्मेदवारको गृहकार्य गरी बैठक ३ माघमा पुन बस्ने गरी सकिएको कार्यदल सदस्य मातृका यादवले बताए।

उनले भने ‘स्थानीय तहमा दलले पाएको मतलाई पहिलो आधार बनाइए पनि दुई पार्टीबीच ६०-४० का आधारमा उम्मेदवार छनोट हुन सक्ने अवस्था छ। पार्टी अनुसार फरक–फरक उम्मेदवार छनोट भएपनि केही व्यक्तित्व तथा अरू कुरामा सहमति गर्न सकिन्छ। यो विषयमा सदस्यहरुको समान धारणा पनि रह्यो।’

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दुवै पार्टी तामेल गर्दा ६० र ४० मै सहमति भएको थियो। राष्ट्रिय सभाको निर्वाचनका लागि माघ १० गते उम्मेदवार मनोयन गर्ने कार्यक्रम रहेकाले अहिले प्रदेशसभाको गठन तथा मुख्यमन्त्री छनोटका विषयमा भन्दा उम्मेदवार छनोटमै बैठक केन्द्रित गरेको सदस्य यादवले बताए।

राष्ट्रिय सभामा दलले पाएको मत परिणाको आधारमा नै सिट संख्या निर्धारण गर्ने र पार्टी एकताका लागि स्पिड अनुरूप कसरी सहमति हुनसक्छ त्यस अनुरुप अगाडि बढ्ने छलफल भएको छ। थप विषयमा बुधबार बस्ने बैठकले निर्णय गर्ने एमाले नेता एवम् कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.