'ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो'

'ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो'

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ। नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव अनिस दाहालले जानकारी दिए।

‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ। सबै रिर्पोट राम्रो देखिएको छ’ दाहालले भने, ‘उनको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ।’ अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको बुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन्।

‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ। सबै रिर्पोट राम्रो देखिएको छ’ दाहालले भने, ‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ।’ अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा छन्। निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उनी स्वास्थ्य परीक्षण गराउन बैंकक गएका हुन्।

उनी यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक गएका हुन्। अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.