निशुल्क वितरणको स्लाइन विक्रीमा

निशुल्क वितरणको स्लाइन विक्रीमा

सिन्धुली : सरकारले निशुल्क वितरण गरिरहेको स्लाइन पानी दुधौली नगरपालिका १३ मा रहेको स्वास्थ्य चौकीमा विक्री गर्ने गरिएको पाइएको छ । स्वास्थ्य चौकीका इन्चार्ज बदरुल अन्सारीले निशुल्क वितरणका लागि आएको स्लाइन पानी विक्री गर्ने गरेको खुलेको हो ।

‘स्थानीय पीडितको उजुरीका आधारमा वडा कार्यालयबाट गरिएको अनुगमनमा समेत अन्सारीले स्लाइन पानी विक्री गरेको पाइएको छ,’ वडाध्यक्ष मिलन सुनुवारले भने । स्लाइन पानीको बोतलमा रहेको निशुल्क लेखिएको स्टीकर च्यातेर विक्री गर्ने गरिएको पाइएको छ । स्वास्थ्य चौकीमा रहेका अधिकांस स्लाइन पानीका बोतलका स्टीकर च्यातिएको अवस्थामा पाइएको उनको भनाइ छ ।

‘स्थानीयको आरोप र स्वास्थ्य चौकीमा गरिएको अनुगमनका क्रममा बोतलको स्टीकर च्यातिएको पाइनुले इन्चार्ज माथि लागेको आरोप पुष्टि गर्दछ । घटनाको थप छानविनका लागि दुधौली नगरपालिकामा सिफारीस गरिएको छ,’ वडाध्यक्षले थपे ।

उक्त विषयमा इञ्चार्जसँग सम्पर्क गर्दा गाडिमा सामान ल्याउदा घिस्रीएर च्यातीएको हुन सक्ने दाबी गरे ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.