नर्स आन्दोलन : चिकित्सक आफैं गर्छन् नर्सको काम

नर्स आन्दोलन : चिकित्सक आफैं गर्छन् नर्सको काम

धनगढी : सेती अञ्चल अस्पतालमा नर्स आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन्। एक हप्तादेखि दैनिक एक घण्टा काम नगरेर आन्दोलन सुरु गरेका अस्पतालका नर्सले मंगलबारदेखि दैनिक तीन घण्टा काम गर्न छोडेका छन्।

सेती अञ्चल अस्पतालमा चार शैयाको आईसीयु सञ्चालनमा छ। चौबिसै घण्टा नर्सिङ कर्मचारीको रेखदेखमा रहने गम्भीर प्रकृतीका बिरामी भर्ना गरिने आईसीयु वार्डमा पनि चिकित्सक शेरबहादुर कमरसहितका तीनजना चिकित्सक आफै खटिएका छन्। ‘यो तीन घण्टाका लागि हामीहरु खटिएका छौं, तर उनीहरु बिहीबारदेखि दैनिक ८ घण्टा हडताल गर्ने भनिरहेका छन्, त्यसो भयो भने समस्या गम्भीर बन्छ’ आईसीयुमा खटिएका फिजिसियन कमरले भने।

श्रीमती सुत्केरी गराउन ल्याएको तर नर्सको आन्दोलनले समस्या भएकाले धनगढीको मनेहराका चन्द्रु चौधरीले बताए। मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका कर्मचारीलाई विनासर्त पुनर्वहाली गरिनुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू हुनुपर्ने र नेपाल सरकारका नर्सलाई उपलब्ध गराइरहेको न्यूनतम तलब भत्तासरह निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई सेवासुविधा हुनुपर्ने लगायतका ११ वटा माग अघि सारेर आन्दोलित भएका छन्।

दैनिक ३ घण्टाको आन्दोलन बिहीबारदेखि दैनिक ८ घण्टा गर्ने नर्सिङ एसोसीयसन शाखा कैलालीकी अध्यक्ष एशोदा ढकालले बताइन्। नर्सिङ कर्मचारीले बिरामी हेर्न छोडेर आन्दोलनमा लागेपछि, अस्पतालको सबै उपचार सेवा प्रभावित भएको छ।

आइतबारदेखि शुक्रबारसम्म गरी हप्तामा ६ दिनसम्म हुने शल्यक्रिया पनि नर्सिङ कर्मचारीको आन्दोलनका कारण प्रभावित भएको छ। मंगलबार हुने प्रसूतीको शल्यक्रिया प्रभावित भएको छ। प्रसूती वार्डमा भर्ना भएका गर्भवती महिला स्याहार नपाएर छटपटी रहेका छन्। नर्सिङ कर्मचारीले बिहीबारसम्म दैनिक तीन घण्टासम्म सेवा अवरुद्ध पार्ने बताएपछि बिहीबारदेखि उनीहरुले दैनिक ८ घण्टा सेवा नगर्ने घोषणा गरिसकेका छन्।

दैनिक ८ घण्टा सेवा अवरुद्ध पारिए समस्या विकराल हुने भएकाले केन्द्रले समयमै समस्या सुल्झाई दिनुपर्ने अस्पतालका मेसु डाक्टर सजन केसीले बताए।
सेती अञ्चल अस्पतालमा सुदूरपश्चिमका सात पहाडि जिल्ला, बाजुरा, बझाङ, बैतडी, दार्चुला, डोटी, अछाम र डडेल्धुराबाट पनि बिरामी आउने गर्छन्। अझ कञ्चनपुरका रहेको महाकाली अञ्चल अस्पतालमा पनि चिकित्सक अभाव रहेकाले त्यहाँका सुत्केरीका साथै सबै बिरामी सेतीमै आउने गरेका छन्।

nurshing-hadtal.1


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.