अल्का पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य सेवा
ललितपुर : सेवा सुभारम्भका अवसरमा अल्का पोलिक्लिनकले १६ दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ। जावलाखेलस्थित अल्का अस्पताल प्रालिद्वारा ललितपुरको सातदोबाटोमा संचालित अल्का पोलिक्लिनिक प्रालिले सेवा सुरु गरेको अवसरमा पुस १५ देखि ३० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।
१६ दिन सम्म सञ्चालित शिविरमा १३हजार ३१४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
शिविरमा जनरल फिजिसियन, नाक, कान, घाटी, छाला तथा सौन्दर्य रोग, स्त्री तथा प्रसुती सेवा, जनरल सर्जरी, बाल रोग, मधुमेह, थाइराइड तथाहर्मोन र हाड जोर्नी तथा नशा रोग र दन्तरोग सम्वन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा करिवब ६०० जनाको भिडियो एक्से, ८७५ जनाको साधारण एक्स रे, १५५७ जनाको इसीजी र ९ हजार ६५६ जनाको ल्यावब प्रयोगशाला सेवाअन्तर्गत रगतको विभिन्न जाँच तथा १० दिन सम्मको लागि निःशुल्क औषधि वितरण गरिएको जनाइएको छ।
बिरामीको चापलाई ध्यानमा राखेर एक दिनको लागि सेवा थप गरिएको र १५ दिनसम्मका लागि एकपटक फलोअप निशुल्क हुने अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए।