डोल्पामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान

डोल्पामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान

डोल्पा : डोल्पा जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गर्न थालिएको छ। महिलाको आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गर्दा २० प्रतिशत महिला आङ खस्ने रोगबाट पीडित रहेको महिला सशक्तीकरण केन्द्रकी कोषाध्यक्ष काली चलाउनेले बताए।

केड नेपाल र महिला सशक्तीकरणद्वारा संयुक्तरुपमा आयोजित अन्तरक्रियामा केडका जिल्ला संयोजक उमाकन्त भुसालले आर्थिक सहयोग गरी स्थानीय संघसंस्थासँग मिलेर काम गर्ने जानकारी गराए।

'महिला सशक्तीकरणअन्तर्गतका जोडीदार सामाजिक सहजकर्ता पनि भएकाले महिलाको आङ खस्ने रोगको पहिचान गर्न सहज हुने भएको छ' उनले भने।
हिमाली जिल्ला र चेतनाका कमीको कारणले पनि डोल्पाका महिलामा आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाए।

'कर्णालीका महिलालाई पौष्टिक आहार पनि छैन काम नगरी खान पुग्दैन्,' उनले भने, 'पहिले पहिले महिलाले लाज मान्ने गर्थे अब त सजिलै भन्न सक्ने भइसकेकाले आङ खस्ने रोगसम्बन्धी जानकारी लिन सहज भएको छ।'

जिल्लामा पहिलो पटक महिलाको स्वास्थ्यलाई मध्यनजर गरी केडले आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागेको हो। उनीहरुको पहिचान पछि जाँच गरिने र तराईका जिल्लामा निःशुल्क उपचार गरिने भएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.