यी हुन् सात प्रदेश प्रमुख : को कस्ता ?

यी हुन् सात प्रदेश प्रमुख : को कस्ता ?

काठमाडौं : सरकारले सातवटै प्रदेश प्रमुख तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोकेको हो ।

प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वर कायस्थ, प्रदेश ३ अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई तोकेको महलिा बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए ।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा
प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ
प्रदेश नम्बर ३ : अनुराधा कोइराला
प्रदेश नम्बर ४ : बाबुराम कुँवर
प्रदेश नम्बर ५ : उमाकान्त झा
प्रदेश नम्बर ६ : दुर्गा खनाल
प्रदेश नम्बर ७ : मोहनराज मल्ल 

प्रदेश प्रमुख को कस्ता ?

सरकारले आफैले बनाएको मापदण्ड विपरित राजनीतिक दलमा प्रत्यक्ष रुपमा संलग्न भएका व्यक्तिहलाई प्रदेश प्रमुख वनाएको छ।प्रदेश प्रमुखको नियुक्ति हेर्दा सरकारले प्रदेश प्रमुखको योग्यता सम्बन्धमा वनाएको प्रदेश प्रमुख सम्बन्धी ऐन २०७४ विपरित प्रदेश प्रमुखको नियुक्ति गरेको पाइएको छ।

सो ऐनमा प्रदेश प्रमुखमा नियुक्ति हुँदाका वखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्तिलाई प्रदेश प्रमुख नियुक्ति गर्नु पर्ने व्यवस्था छ। तर, सरकारले प्रदेश नं ३ मा प्रदेश प्रमुखको रुपमा नियुक्त गर्न सिफारिस गरिएकी अनुराधा कोइराला केही समयअघि मात्रै टीका लगाएरै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्। प्रदेश प्रमुखमा नियुक्त भएकाहरु काग्रेस र राष्ट्रिय जनता पार्टी र समाजवादी फोरमबीच भागवण्डा भएको छ। कोइरालाले समाजसेवामा भने राम्रो छवि बनाउदै आएकी छिन्। उनी चेलिबेटी बेचविखनविरुद्ध कार्यरत माइती नेपालकी संस्थापक अध्यक्ष हुन्।

प्रदेश नं १ को प्रदेश प्रमुखमा सिफारिस भएका गोविन्द सुबवा विभिन्न आइएनजिओ र एनजिओमा कार्यरत छन्। धनकुटा निवासी उनी अंग्रेजी विषयका प्राध्यापक हुन्। सुरुमा कम्युनिष्ट राजनीतिमा सक्रिया उनी जनतम संग्रहपछि काग्रेसमा प्रवेश गरेका थिए। प्रदेश नं २ को प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थ नेपाल सरकारका पुर्व सचिव हुन्।उनी महोत्तरी बासी हुन्। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका उनी संघीय समाजावदी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए।

यसैगरी, प्रदेश नं ४ को प्रदेश प्रमुखको लागि सिफारिस भएका बाबुराम कुवँर पूर्वमहान्यायधिवक्ता हुन्। अर्घाखाँचीका कँुवर तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारका महान्यायधिवक्ता हुन्। यसैगरी प्रदेश नं ५ को प्रदेश प्रमुखमा सिफारिस भएका उमाकान्त झा पूर्वसिचाई तथा ऊर्जा सचिव हुन्। उनी खिलराज रेग्मीको नेतृत्वमा रहेको दोस्रो संविधान सभा निर्वाचन गराउने चुनावी सरकारमा ऊर्जा मन्त्री थिए। झा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी हुन्।

यस्तै प्रदेश नं ६ को प्रमुखमा सिफारिस भएका दुर्गा किशोर खनाल पुराना कांग्रेस नेता हुन्। सुर्खेत निवासी खनाल पूर्व शिक्षक हुन् भने बहुदल आएपछि उनी कांग्रेस वाट राष्ट्रिय सभा सदस्य बनेका थिए। यसैगरी प्रदेश ७ को प्रमुखको लािग सिफारिस भएका मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायतका सदस्य थिए। कैलाली निवासी मल्ल केहि समय अघि मात्रै्र राष्ट्रिष्य प्रजातन्त्र पार्टी वाट काग्रेसमा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.